कनकाई अनलाईन
बन्द निषेधित नगरी सुरुङ्गाको वारेमा फेरि गित बनेको छ । जय जय जन्मभुमि हाम्रो सुरुङ्गा स्वर्गजस्तै शान्ति भुमि प्यारो सुरुङ्गा भन्दै झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका संचारकर्मी जनार्दन उप्रेतीले नयाँ गित सार्वजनिक गर्नुभएको छ । यसअघि अर्का संचारकर्मी दिपेश प्रसाईले झापा सुरुङ्गा बोलको गित सर्वाधिक हिट समेत बनेको थियो ।
प्रसाईको गितमा भने दाइजो प्रथाको सचेतनाका लागि तयार गरिएको थियो भने हालै ओमनाथ प्रोडक्शन हाउसबाट सार्वजनिक गरिएको हाम्रो सुरुङ्गा वोलको यस गितमा भने जनार्दन उप्रेतीले भने सुरुङ्गावाशीको एकता र पर्यटकिय क्षेत्रको वर्णन गरेर तयार पारिएको छ । सुरुङ्गावाशीको एकताका कारण आजसम्मपनि यस क्षेत्र देश तथा विदेशमै बन्द निषेधित नगरिका रुपमा चर्चित रहेको छ यसैलाई समेत गितले समेटेको पाइएको छ ।
सुरुङ्गामा रहेको दोमुखा, धनुषकोटीधाम, कनकाई नदिदेखि लिएर ह्प्पी ल्याण्ड, कनकाई नदिका कारण पनि यहाँ पर्यटकहरुले मनोरञ्जन लिन पाउने र सुरुङ्गेली एकताका कारण सुशासन र बन्द निषेधित रहेको भन्दै जय जय जन्मभुमि हाम्रो प्यारो सुरुङ्गा भन्दै जनार्दनले सुरुङ्गाको बर्णन गरेका छन । आफुपनि सुरुङ्गामा जन्मिन पाएकोमा भाग्यमानी मानेका जनार्दनले आफ्नो जन्मभुमिको बर्णन गरेर कहिल्यै नथाक्ने बताउँछन ।
सुरुङ्गाको परिचान र परिचय गराउने गित बनाएको बताउँने उप्रेतीले यस क्षेत्रमा हुने सार्वजनिक कार्यक्रममा बजाउने राम्रो गित नहुदा आफुलाई के नपुगेको जस्तो लागेकोले गित रचना र सार्वजनिक गरेको बताउँछन । उप्रेती एक संचारकर्मी, प्रशिक्षक हुन भने उनले खासमा चुनावी गितहरु लेख्दै आएका पनि छन । उनले यसअघिको स्थानीय निर्वाचनमा हाई हाई शेरबहादुर दाई लगायातका चुनावी गितहरु श्रृजना गरेका थिए ।
हाल अडियोका रुपमा सार्वजनिक गरिएको यसलाई चाडौ भिडियोको समेत तयारी गरिरहेको उप्रेतीले बताएका छन । गितको गायक सिएल शर्मा तथा गायिकाका रुपमा प्रतिमा केसी रहनुभएको छ । गितको संगितकार राजु कार्की रहनुभएको छ । गित काठमाण्र्डौ अनामनगरको फाईन ट्युन रेकडिङ स्टुडियोबाट रेकटिङ्ग गरिएको हो ।