Kanakai Online

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा मुस्ताङ बियर


मङ्गलवार, माघ २४, २०७९ |

कनकाई अनलाईन
आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म झापाको मेची रङ्गशाला भद्रपुरमा आयोजना हुन गइरहेको प्रथम भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ वियरले गर्ने भएको छ ।


मंगलवार झापाको भद्रपुरमा आयोजक गोल्डकपका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपमा मार्केटिङ्ग विभागका युवराज खत्रीविच विशेष कार्यक्रमका विच प्रतियोगिताको मुख्य प्रायोजन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेसगै गोल्डकपको नाम समेत मुस्ताङ भद्रपुर झापा गोल्डकप राखिएको छ ।
यसैविच प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ५० लाख लागत लाग्ने र प्रतियोगितामा आयोजक सहित नेपालका प्रमुख ७ टिमहरु संकटा फुटबल क्लव, नेपाल प्रहरी, त्रिभुवन आर्मी, नेपाल पुलिस, चर्च ब्याईज र भारतको जिएफसी क्लव, बंगलादेश स्थित ढाकाको क्लव र भुटानको क्लवले समेत सहभागिता जनाउने अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।


प्रतियोगितामा हरेक दिनको म्यान अफ द म्याचलाई नगद १० हजार र प्रतियोगिताका विधागत खेलाडीहरुलाई नगद २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैँया प्रदान गरिने जानकारी दिइएको छ । प्रतियोगिता संचालनका लागि सौर्य एयरलाइन्सले समेत नगद १० लाख रुपैँया प्रदान गरेको कार्यक्रममा जानकारी गराईएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १३ लाख र दोस्रो हुने टिमले ७ लाख नगद पाउने छ ।
सम्झौता कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिकामा यसअघि त्रिभुवन गोल्डकपका नामले गोल्डकप हुने गरेकोमा विचमा १८ बर्षपछाडि पुन भद्रपुर गोल्डकपका नामले यस प्रतियोगिता सुरु भएकोले यस प्रतियोगिताको निरन्तताका लागि भद्रपुर नगरपालिका संरक्षणको जिम्मा लिन पछि नर्पने प्रतिवद्धता जनाउँनुभयो । प्रतियोगितामा चौधरी ग्रुपको यस प्रायोजनमा फुटबल खेलको विकासमा मद्धत मिल्ने विश्वास चौधरी ग्रुपका खत्रीले व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन पत्रकार हिमाल खरेलले गर्नुभएको थियो ।