कनकाई अनलाईन
१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ ।
फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।
युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।
![](https://kanakaionline.com/wp-content/uploads/2024/02/arjun-mainali-2.jpg)
प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
‘संगठनले यो प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रुपमा स्थापित गर्ने प्रयास गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरुमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।’
![](https://kanakaionline.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0001.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/CCTV-AD.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/attendance-copy.jpg)