Kanakai Online

कनकाईमा साकेला थान निर्माण हुदै


सोमवार, माघ २१, २०८१ |

डिबी सिलास राई
झापाको कनकाई नगरपालिका ३ स्थित किरात राई यायोक्खा साकेला थान निर्माण सुरु भएको छ । किरात राई यायोक्खाका हिरण्य राईका अनुसार कनकाई नगर यायोक्खा समिति अध्यक्ष अर्जुनकुमार राई ,उपाध्यक्ष मनकुमार राई ,सचिव .राजन राई सहसचिव सर्वधन राई र कोषाध्यक्ष निर्मला राई लगायातको सक्रियतामा साकेला थानको निर्माण भएको हो । हालसम्म समिति द्वारा निर्माण गर्ने क्रममा रहेको र हाल साकेला थानको स्टेज निर्माण सम्पन्न भएको र अरूधेरै काम गर्न बाकी रहेको भएतापनि आर्थिक अभावका कारण धेरै काम गर्न बाकी रहेको छ। यसकार्यका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आर्थिक सहयाता गर्ने आश्वसन दिनुभएको अध्यक्ष अर्जुनकुमार राईले कनकाई साप्ताहिकलाई बताउँनुभयो । हालसम्म समिति सदस्यहरुबाट सहयोग संकलन गरिएको र किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाको यस अघि बसिएको बैठकले साकेला थान परिसरमा स्टेज निर्माणका लागि जिल्ला समितिका पदाधिकारीलाई प्रतिव्याक्ति ५ हजार र जिल्ला सदस्यहरुलाई ३ हजार सहयोग संकलन गर्ने निर्णय समेत गरेको छ ।

हालसम्म गणेश बहादुर राईबाट ५ हजार,अर्जुन कुमार राईबाट ५ हजार, सुसन रुङमाहाङ राइबाट ५ हजार,बसन्त कुमार राइबाट ३ हजार, शन्देस राईबाट ५ हजार प्राप्त गरेको छ । यसैगरि किराया अर्जुनधाराबाट १५ हजार, किराया विर्तामोडबाट १० हजार, किराया भद्रपुरबाट १५ हजार रकम संकलन गरिएको जनाइएको छ ।

सम्बन्धित खबर