कनकाई समाचारदाता
विर्तामोड , असोज २९ गते । एकजना व्याक्ति गोविन्द केसीको अनशनको कारण देखाउँदै विर्तामोडको विएण्डसी मेडिकल कलेजलाई सम्बोधन नदिँदा मेचीका २७ लाख जनताप्रत्यक्ष प्रभावित बनेको हस्पिटलका प्रवन्ध निर्देशक दुर्गा प्रसाईले वताउँनुभएको छ ।
प्रसाईले सांसदको मिति सकिएकै दिन विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालले यस अघि २०६८ सालमै टिचिङ्ग हस्पिटलको सम्वोधन लिएर ५ वर्षसम्म प्रतिवर्ष १० लाखको दरले टिचिङ्ग हस्पिटलको नविकरण शुल्क वुझाएपनि विद्यार्थी भर्ना गर्न नपाउदा अस्पताल अन्यायमा परेको वताउँनुभयो ।
प्रसाईले विद्यार्थी भर्नाका वेला डाक्टर केसीले अनशन वस्दा विद्यार्थी भर्ना नहुने र मोटो रकम तिरेर नेपालका विद्यार्थी अन्य मुलुक अध्यायनका लागि जादा अरबौँ रुपैँया विदेशिने समेत बताउँनुभयो ।
डाक्टर केसीले पहिला आन्दोलन गर्दा काठमान्डौ क्षेत्रमा मात्रै १० वर्षसम्म टिचिङ्ग हस्पिटल खोल्न अनुमती नदिने भनेर आन्दोलन गरेपनि आफुहरुले सुदुर पुर्वमा सम्बन्धन लिइसकेको विषयलाई क्रमश आन्दोलनमा मिसाएर पुर्वकै जनताको भावनामाथि खेलवाड गरेको आरोप प्रसाईले लगाउनुभयो ।
सरकारले अनुमति पाइसकेको भन्दै यसैवर्षदेखि विद्यार्थी भर्नाका लागि वातावरण मिलाईदिन सम्बन्धित निकायसग अनुरोध गरेको समेत प्रसाईले वताउँनुभयो । मेडिकल कलेजकालागि आधारभुत पुर्वाधार पुरा गरी ३०० वेड क्षमताको सो अस्पतालमा ६ अर्व लगानी र ७०० जनालाई रोजगारी दिइरहेको समेत वताउँनुभयो । केसीको आन्दोलन विदेशी मेडिकलको इशारामा भइरहेको समेत प्रसाईले आरोप लगाउनुभयो ।