Kanakai Online

झापामा ५५ हजार किशोरीलाई क्यान्सर रोग विरुद्धको खोप लगाइदै


बुधवार, माघ १६, २०८१ |

कनकाई अनलाईन
झापा जिल्लामा एकसाथ ५४ हजार ९९९ जना किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
मंगलवार जिल्ला स्वास्थ्य कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला स्वास्थ्य कार्यालका प्रमुख रमेश बाह्रकोटीले झापामा आगामी माघ २२ गते विश्व क्यान्सर दिवशका दिनदेखि २९ गतेसम्म झापामा स्कुल जाने उमेरका कक्षा ६ देखि १० सम्म अध्यान गर्ने सबै विद्यार्थी र स्कुल बाहिर रहेका १० देखि १४ बर्षसम्मका कुल ८ हजार ९ सय ८१ ग्रि ५४ हजार ९९९ जना किशोरीलाई उक्त खोप लगाइने जानकारी दिनुभयो ।
जसमा ७८१ जना स्वास्थ्यकर्मी र १५१५ जना स्वास्थ्य स्वयमसेविका परिचालन गरिन लागेको जनाइएको छ ।
झापाका सबै स्कुलहरुमा यो खोप लगाइने र स्कुल बाहिर रहेका किशोरीहरुलाई समेत खोप केन्द्रको स्थापना गरि उनीहरुलाई समेत यस खोप लगाईने स्वास्थ्य कार्यालय प्रमुख बाह्रकोटीले बताउँनुभयो ।
खोप सञ्चालनका लागि झापाका सबै १५ पालिका र वार्डहरुमा समेत टोल स्तरीय अन्र्तक्रिया र प्रशिक्षणको कार्यक्रम सम्पन्न गरिसकिएको र हाल प्रचार प्रसारलाई तीव्रता दिइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले बताउँनुभयो । झापामा ५७५ विद्यालय र थप ४० खोप केन्द्रमा एकसाथ यो खोप अभियान सञ्चालन गरिन लागेको समेत पाठकले बताउँनुभयो ।
झापामा बाह्रदशी गाउँपालिकामा १९९५, बिर्तामोड नगरपालिकामा ७५६३ जना, हल्दिवारी गाउँपालिकामा १८०६ जना, भद्रपुर नगरपालिकामा ३८५३ जना, कचनकवल गाउँपालिकामा २४४२ जना, दमक नगरपालिकामा ६५२३ जना, गौरादह नगरपालिकामा ३११९ जना, गौरीगञ्ज गाउँपालिकामा २०५० जना, झापा गाउँपालिकामा २०३५ जना, मेचीनगर नगरपालिकामा ४७२४ जना, बुद्धशान्ति गाउँपालिकामा २१०७, कनकाई नगरपालिकामा २०५४ जना, शिवसताक्षी नगरपालिकामा २५१५ जना, कमल गाउँपालिकामा १८१४ जना र अर्जुनधारा नगरपालिकामा २२०५ जना किशोरीलाई यो खोप दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल सरकारले सन २०३० सम्ममा पाठेघरको क्यान्सर रोग नेपालबाट निवारण गर्ने लक्ष्य राखेकोले सरकारले पहिलो चरणमा किशोरीहरुलाई यो खोप लगाइदै आएको बताइएको छ । नेपालमा हरेक दिन कम्तीमा ४ जना महिला पाठेघरको क्यान्सरकै कारण मृत्युवरण गर्ने गरेको तथ्याङ्क रहेको जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले बताउँनुभयो ।