Kanakai Online

एनप्याब्सन झापाको जिल्लास्तरीय खेलकुद सुरुङ्गामा सुरु


सोमवार, माघ १४, २०८१ |

कनकाई अनलाईन
एन प्याब्सन झापाको जिल्ला स्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा आजबाट सुरु भएको छ ।


राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको हो । विभिन्न खेल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिदै आएकोमा आज सुरुङ्गामा फुटबल खेलबाट ६ दिवशीय प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख देवेन्द्र मल्लले गर्नुभयो । प्रतियोगिताको समापन भने दमकस्थित झापा मोडल स्कुलमा हुने छ ।

माघ १४ गतेदेखि १९ गतेसम्म हुने प्रतियोताको उदघाटन गर्नुहुदै जिल्ला शिक्षा समन्वय समिति झापाका प्रमुख मल्लले शिक्षाको अभिन्न अंगको रुपमा अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले किताबी ज्ञानले परीक्षा मात्र पास हुने भएकाले जीवनको परीक्षामा पास हुने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । किताबी किरामात्रै हुदा अहिले बोर्ड फस्ट भएका विद्यार्थीहरुपनि पछि जीवनको परिक्षामा असफल भएका उदाहरणहरु दिदै प्रमुख अतिथि मल्लले व्यवहारिक र सीपमुलक शिक्षा र खेलकुदलाई समेत विद्यालय शिक्षादेखिनै एकसाथ लिएर जानुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रममा बोल्दै एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठले विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथमा शारिरीक र मानशिक ज्ञान सीप दिनका लागि हरेक बर्ष एनप्याब्सनले यसप्रकारका प्रतिस्र्धात्म खेल प्रतियोगिताहरुको सञ्चालन गर्दै आइरहेको बताउँनुभयो । कार्यक्रममा जामुनबारी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लाका ५२ वटा विद्यालय एनप्याब्सनमा आबद्ध रहेको बताउनुभयो । आजदेखि शुरु भएको प्रतियोगात्मक १३ वर्ष मुनीको फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएको उहाँले बताउनुभयो ।

जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल, टेनिस, ब्याडमिन्ट लगायत खेलकुद प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा हुनेछ भने सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत हुनेछ । कार्यक्रमको समापन माघ १९ गते दमकको झापा मोडल स्कूलमा हुनेछ ।

एनप्याब्सन झापा उपाध्यक्ष मोहन आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गर्नुभएको थियो । उद्घाटन खेल इष्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाई बीच भएको थियो । उदघाटन खेलमा इष्ट होराइजन विजयी भएको छ ।
यसैविच प्रतियोगिता सुरु हुनुपुर्व एन प्याब्सनमा आवद्ध झापाका सबै विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

सम्बन्धित खबर