
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ मा रहेको धनुषकोटीधाम किरातेश्वर महादेव स्थानमा सार्वजनिक सौचालय निर्माण थालेको छ ।
नेपालभारत मैत्री संघ सुरुङ्गा उपशाखाका सम्पुर्ण आजिवन सदस्यहरुको सहयोगमा कनकाई नगरपालिका वडा न.२ स्थित धनुषकोटिधाम मन्दिर परिसरमा १३ लाख रुपैँया लागतमा सार्वजनिक सौचालयको निर्माण थालिएको नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोराले बताउँनुभयो । मन्दिरमा आउने भक्तजन तथा तीर्थयात्रु, धार्मिक पर्यटकहरुका लागि लक्षित गरि निर्माण गर्न लागिएको उक्त सौचालय निर्माण कार्यको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, नेपाल भारत मैत्री संघ केन्द्रिय सदस्य प्रेम प्रसाद चुडाल कनकाइ नगरपालिका वडा न २ का वडा अध्यक्ष बलराम राइर्, कनकाई नगरपालिका वडानम्बर ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल संस्थाका सल्लाहकारहरु कुमारमणि पोखरेल ,शेर बहादुर थापा,बिजय गजुरेल,खड्ग कार्की लगायातले सार्वजनिक सौचालयको उद्घाटन गर्नुभयो । आजिवन सदस्यहरुको आर्थिक सहयातामा बन्न लागेको उक्त सार्वजनिक सौचालय नेपाल भारत मैत्री संघका अध्यक्ष अर्जुन बोहोराको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष यदुनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष कबिता बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । धार्मिक पर्यटकिय उक्त स्थानमा सार्वजनिक सौचालय निर्माणपछि त्यहाँ पुजा, भाकल गर्न आउने तथा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा प्रदान हुने छ ।


