Kanakai Online

बर्खा स्मृति क्रीकेट झापा र मेचिनगर बिजयी


आइतवार, माघ १३, २०८१ |

कनकाई अनलाईन
बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका त्(द्दण् क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् ।

आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो । शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा शिवसताक्षिले सुपर ओभरमा दिएको १५ रनको तार्गेट झापा गाउँपालिकाले अन्तिम बल बाकी छदै प्राप्त गर्यो। खेलको म्यान अफ द म्याच झापाका अलराउण्ड प्रदर्शन ४ विकेट तथा २० रन लिएका सजाद आलम घोषित हुँदै पुरस्कृत भए ।

त्यसैगरी दोश्रो खेलमा हल्दिबारी गाउँपालिका विरुद्ध मेचीनगर नगरपालिका १८६ रनको विशाल अन्तरले बिजयी भएको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै प्रतियोगिताकै उच्च योगफल ३२० रन बनाएको थियो । मेचीनगरका लागि कप्तान आयुष कार्कीले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै ५५ बलमा १२३ रन बनाएका थिए भने बिराट डागीले ६२ र सन्दिप ढुंगानाले ६५ रन बनाएका थिए। ३२१ रनको विशाल लक्ष्य पछ्याएको हल्दिबारी गाउँपालिका १३४ रनमै सिमित हुन पुग्यो । मेचीनगरको जितमा सतकिय पारी खेलेका आयुष कार्की खेलको म्यान अफ दि म्याच घोषित हुँदै सम्मानित भए ।

भोलिको पहिलो खेल बुद्धशान्ति गाउँपालिका विरुद्ध गौरादह नगरपालिका र दोश्रो खेल भने कचनकवल विरुद्ध गौरिगन्ज गाउँपालिका बिच रहने आयोजक समितिका सचिव मदन मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

सम्बन्धित खबर