Kanakai Online

७२ बर्षिय माताद्धारा ३५ बर्षपछि फर्किएर कोटीहोममा मन्दिर निर्माण


आइतवार, माघ १३, २०८१ |

लीलाराज झापाली
आफुलाई भुटान सरकारले तत्कालिन अवस्थामा लखेटेर भारतीय सिमाहुदै नेपालको झापा तत्कालिन समयमा सुरुङ्गा गाउँपालिका ४ नम्बर वार्ड हालको कनकाई नगरपालिका ४ कोटीहोममा आश्रय लिएर बस्नुभएकी सावित्रादेवि सेलुवालले आफुले आश्रय लिएर बसेको स्थानमा ३५ बर्षपछि आएर पञ्चमुखी हनुमानको मन्दिर निर्माण गरिदिनु भएको छ ।
आफुलाई त्यसवेला भुटान सरकारले लखेटदा ६ जना छोरा च्यापेर नेपाल हालको कनकाई नगरपालिका कोटीहोममा छाप्रो हालेर बसेको सम्झदै हाल ७२ बर्ष पुग्नुभएकी सेलुवालले भन्नुभयो त्यसवेला हामी जस्ता घरबार विहिन भएर लखेटिएका लाखौ लाख नेपालीहरुमा धेरैका केटाकेटीहरु सकुशल रहेनन । हज्जारौको घरमा दैलो लाग्यो तर मेरा ६ भाई छोरा सकुशल रहे यसका लागि मैले सदैव यस क्षेत्रमा माई भगवती देवि र हनुमान भगवानको प्राथना गर्दथिए । भाग्यले हामी बाच्यौ र हामी अहिले साउथ अष्ट्रेलियामा रहेका छौ सबैजना हासिखुसी छौ । त्यसवेला यो माटोले मलाई र मेरो परिवारलाई आश्रय दियो बचायो यसको ऋण तिर्नका लागि म यस क्षेत्रमा आएको हु । सावित्रादेविले भन्नुभयो । भुटानमा आफ्नो ३ तले घर १०० भन्दा वढी गाईगोरुहरु थिए ती सबै छाडेर ज्यान जोगाउन नेपाल आउनुपरेको पिडा सुनाउँदै माता सावित्रादेविले भन्नुभयो मलाई यसै ठाउँले आजको स्थितिमा पुर्यायो अब यहि ठाउँका लागि केही गर्नु छ । सेलुवाल परिवारलाई यस क्षेत्रमा मन्दिर निर्माणका लागि कनकाई धाम धार्मिक विकास समितिले जमिन उपलब्ध गराइदिएको धाम विकास समितिका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो । हामीलाई मात्रै नभएर यस कनकाई नगर र पुर्वक्षेत्रकै लागि सेलुवाल परिवारले सुन्दर हनुमानको मन्दिर निर्माण गरिदिनुभएको छ । कोटीहोम क्षेत्रको परिसरमा अन्य देवी देउताको मन्दिर भएपनि हनुमानको मन्दिर भने नरहेको धाम विकास समितिका अध्यक्ष थापाको भनाई रहेको छ । कनकाई धाममा पछिल्लो समय आफु नेतृत्वमा आएसगै विभिन्न दाताहरुबाट मन्दिर देवालयहरुको निर्माण गर्न थाल्नुभएको थापाको भनाई छ । दमक निवासी हिरण्य ढुङ्गेल र उहाँकी श्रीमतीको लागतमा झण्डै ४० लाख खर्चिएर हालै मात्र लक्ष्मीनारायणको मन्दिर समेत निर्माण गरिसकिएको र हस्तानतरणको अन्तिम चरणमा रहेको थापाको भनाई छ । यस पञ्चमुखी हनु्मानको मन्दिर समेत अष्ट्रेलियामा रहनुहुने दाता परिवारबाट करिव २० लाखको खर्चमा निर्माण सम्पन्न भएको थापाले बताउँनुभयो ।

कोटीहोम परिसरमा १०८ शिवलिङ्गको समेत निर्माण गर्नका लागि दाता पहिचान भइरहेको थापाले बताउँभयो । योगी नरहरिनाथले २०४२ सालमा स्थापना गर्दाको पुण्यभुमिलाई उहाँकै लक्ष्य अनुसारको भौतिक पुर्वाधार र धार्मिक महत्वका मठमन्दिर निर्माणको कार्यलाई धामले अगाडि बढाइरहेको अध्यक्ष थापाको भनाई रहेको छ ।
परिवारका सदस्य धनबहादुुर सेलवालले आफ्नी काकीको धेरै पहिलेदेखिको कनकाई धाममा केहि नयाँ काम गर्ने भन्ने सोचलाई हाल आएर पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । आफ्ना पिता डिल्लीराम सेलुवालको समेत १५ बर्ष अगाडि निधन भएकोले आफ्ना पिताको समेत स्मृतिमा आमको इच्छाबमोजिम कोटीहोम परिसरमा हनुमानको मन्दिर बनाइदिएको छोरा बुद्धराज सेलुवालले बताउँनुभयो ।

सम्बन्धित खबर