
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ का युवाहरुका लागि एक दिने सुरक्षित वैदेशिक रोजगारी तथा वित्तिय साक्षरता सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कारितास जापानको आर्थिक सहयोग कनकाई नगरपालिकाको समन्वय तथा कारितास नेपालको आयोजनामा सुरक्षित रोजगारको सुनिश्चितता र प्रवाशीहरुको दिगो स्थानीय पुर्नस्थापना परियोजना अन्र्तगतको उक्त कार्यशालामा यस क्षेत्रका वैदेशिक रोजगारीमा फर्कने तथा तथा कनकाई १ का रहेका विभिन्न ९ वटा टोलविकास समितिमा रहेने कारिटासका लाभग्राहीहरुलाई लक्षित तालिमको आयोजना गरिएको हो ।

सन्तोस आचार्यले सहजीकरण गरेको तालिममा कनकाई १ का ५७ जना युवाको सहभागिता रहेको थियो । कारिटास नेपालका बरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको प्रमुख आतिथ्यता कनकाई नगरपालिका १ का वडाअध्यक्ष रोषन पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रशिक्षक सन्तोस आचार्यले वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ । वैदेशिक रोजगारीमा जानुपुर्व अपनाउनुपर्ने पुर्वतयारी , ठगिबाट कसरी बच्ने लगायातका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
यसैगरि वित्तिय साक्षरता सम्बन्धि वित्तीय साक्षरता सम्बन्धि, बचत सम्बन्धि, ऋण सम्बन्धि, बजेट, बिमा लगायातका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो । कारितास नेपालका सामाजिक परिचालक ताङसाङ नेम्बाङको सञ्चालनमा आयोजित कार्यक्रममा प्रमुख आतिथ्यता कारितास नेपाल परियोजना सल्लाहकार समिति प्रतिनिधि कमल न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।


