Kanakai Online

बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन


बिहिवार, माघ १०, २०८१ |

कनकाई अनलाईन
जुम्लाकीगंगादेवी राउतयतिबेलाआफ्नै खेतीमाउत्पादितअग्यार्निक खाद्य सामग्रीलिएर बिर्तामोड आइपुगेकीछिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेकाकोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामललिएर उनीबिर्तामोड अन्तराष्ट्रियव्यापार महोत्सवको स्टलमा बसेकीछिन् । त्यस बाहेकजडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनिउनको स्टलमा रहेको छ ।
पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाटभीर महुरीको मह ल्याएकीछिन् । उनको स्टलमाऔषधियगुणभएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ ।


ताप्लेजुङस्थितफुङ्लिनकीमाया गुरुङले अलैंचीको रेसाबाटनिर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टलसजाएकीछिन् । उनले यो सीपविकासकालागि परामर्श समेत प्रदानगर्ने बताइन् । आफू र आफू जस्तै महिलाहरुको आर्थिक क्षमताअभिवृद्धिकालागिविगतलामो समय यता गुरुङले यो व्यवसाय सञ्चालनगर्दै आएकीछिन् ।
अग्यार्निक कपुरधुपउत्पादन र प्रशिक्षण सञ्चालनगर्दै आएकीझापाकी खेमकुमारी ओलीआफ्नो बस्तु र परामर्श सहितमहोत्सवको स्टलमापुगेकीछिन् ।
राष्ट्रियअन्तराष्ट्रियबजारमापाइने बस्तु र सेवाहरुको एकै थलोबाटअबलोकन र बिक्रीबितरणकालागि सञ्चालनगरिएको यो महोत्सवमापूर्वी नेपालमाउत्पादितचिया, अलैँची , मसला र जडीवुटीहरु पनिव्यवसायीहरुले सजाएकाछन् ।
मेचीनगरमा रहेको एड्भान्स मल्टीप्रोडक्सनकम्पनीप्रालिले अग्यार्निक सामग्रीको प्रयोगमाजोड दिँदै सुपारीकापातबाटबनाइएका घरायसी सामग्रीबिक्रीबितरणकालागि राखेको छ ।
यो महोत्सवले सिङ्गो नेपाल सहितभारत, वंगलादेश, पाकिस्तानकाव्यवसायीलाई एकै थलोमाजोडेको छ । अघिल्लामहोत्सवमा जस्तै यस पटकपनिउपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरुले अपेक्षा गरेकाछन् ।
झापाकै जिना बस्नेत १२ वटा फरक ÷फरक अचारकाप्याकेजिङ लिएर स्टलपुगेकीछिन् । उनको स्टलमा हस्तकलाका माला , कुसन र गुडिया(डल) भेटिन्छन् । च्याउको सुकुटीपनिउनले राखेकीछिन् । सहारा सतासीमहिला महुरी उद्योगले पनिआफ्नो उत्पादनलाई बिक्रीस्टलमा राखेको छ । स्वरोजगार मुलकउद्योगका सञ्चालकलाई बिशेष सहुलियतमामहोत्सवमा स्टलउपलब्ध गराइएको आयोजकबिर्तामोड उद्योग वाणिज्य संघकाअध्यक्ष राजु न्यौपानेले जानकारी दिएकाछन् । उनकाअनुसार पाकिस्तानी लेदर, भारतीयकिचनआइटम , वंगलादेशीगामेन्टकाउत्पादनपनिमहोत्सवमा राखिएकाछन् ।
वाणिज्य संघ अन्तरगतकै महिलाउद्यमी समूहले अग्यार्निक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमाउपलब्ध गराउँदै आएको समूहकीअध्यक्ष राधिकाचुडालहुँमागाईले जनाएकीछिन् । महोत्सव स्थलमाअन्यविभिन्नहोटलहरु समेत सञ्चालनमा रहेकाछन् ।
अवलोकनकर्ता र बालवालिकाकालागि खेलकुदका सामग्री साथै प्रशिद्धकलाकारहरुको साङ्गीतिक प्रस्तुतिप्रत्येक दिन रहने महोत्सव संयोजकविशालथापाले बताए ।