कनकाई अनलाईन
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ ।
मंगलवार हिजो भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित हुनुभयो । सहकोषाध्यक्ष पदका लागि तीन जनाबीच प्रतिष्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित हुदा सोही पदमा एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सदस्यहरुमा प्रवीण कट्वाल २४६ , मनोज उप्रेती २२४ , इन्जिनियर विवेक जवेगू २२५ , गंगाप्रसाद गौतम २२४ , दिनेश मैनाली २२२ , ज्ञानबहादुर तामाङ २०० , इन्जिनियर डालिम खड्का १९९ , आशिष बान्तवा १९५ , उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित हुनुभयो । कुल १० सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिनुभएको थियो ।
अध्यक्ष , सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो । जसमा प्रथम उपाध्यक्षमा केदार गिरी , द्वितीय उपाध्यक्षमा राजकुमार राई , तृतीय उपाध्यक्षमा नयन बराल , महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध हुनुभएको थियो ।
निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले जानकारी दिनुभयो ।


