Kanakai Online

यस पटकको माघेमेला नाफा मुखि नभई सेवामुखी रहने


मङ्गलवार, पौष २३, २०८१ |

कनकाई अनलाईन

माघे सक्रान्तिको अवसरमा विगत लामो समय देखी झापाको कनकाई माई नदिको किनारमा लाग्दै आएको माई मेला यसबर्ष भने नाफा मुखी भन्दा पनी सेवा मुखी रहने नदिको पुर्वी किनार तर्फका मेला आयोजकले जानकारी गराएको छ ।

मेलालाई सब्य , भव्य , मनोरञ्जनात्मक बनाउनका साथै मकर स्सान गर्ने भक्तजनहरुलाई सहजता हुने गरी व्यवस्थापन गर्न स्थानिय युवा किरण मैनालीको अध्यक्षतामा २१ सदस्यीय मुल आयोजक समित साथै विभिन्न उप समिति गठन गरी तयारिमा जुटेको मेला आयोजक समितिका सचिव सरोज पोखरेलले जानकारी गराएका छन ।

समितिका अध्यक्ष किरण मैनालिले माईमेला कनकाई नगरको गौरवको बिषय समेत भएको वताउदै कनकाई नगर भित्रका युवाहरु मिलेर यस बर्षको मेला अलिकति फरक , आकर्षक , व्यवस्थित र सुरक्षीत हिसाबले सन्चालन गर्ने जानकारी गराउदै आम नागरिकले निर्धक्क भएर मेला भर्न सकिने वताएका छन ।

आयोजकले यस पटक आफै स्टलहरु निर्माण गरेर व्यपार व्यवसाय गर्नेहरुलाई सरल रुपमा सेवा दिने गरी काम सुरु गरिसकेको र स्टलहरु आवत जाबतमा अवरोध नहुनेगी तयार गरिने भएकोले व्यवसायी र मेला भर्न आउनेहरुका लागी यस पटकपटकको माघेमेला धेरै व्यवस्थित हुने समितिका सचिव पोखरेलले वताएका छन ।
मेला व्यवस्थित वनाउने साथै मेलाबाट भएको आम्दानीबाट केहि रकम विगत लामो समय देखी मेलालगाउने कार्यमा योगदान दिदै आएका स्थानीय गणेश रावतका नाती कनकाई नगरपालिका ४ इलुवारीका ५ बर्षिय बालक कुशल राउत ब्लड क्यान्सरभई उपचारको क्रममा रहेकोहुदा उक्त वालकको उपचार सहयोगार्थ समेत खर्च गरिने पनि सचिव पोखरेलले जानकारी दिएका छन ।
मेला भर्न आउने हरुलाई भरपुर मनोरञ्जन दिन मेलामा देशका चर्चित कलाकारहरुलाई आमन्त्रण गरी राउतको उपचार सहयोगार्थ मनोरञ्जनात्मक कार्यक्रमको चयारिटी सो राखिने सचिव पोखरेलले जानकारी गराएका छन ।

मेला भर्न आउदा लिएर आएका सवारी साधनको पार्किङको उचित व्यवस्थापन गर्नुका साथै विगतको भन्दा आधा रकममै आफ्ना सवारी साधन सुरक्षित पार्किङ गरी मेला भर्न सकिने मेला व्यवस्थापन समितिका कोषाध्यक्ष वकिल विकले जानकारी गराएका छन ।

मेलालाई व्यवस्थित ढंगले कसरि संचालन गर्न सकिन्छ भन्ने कुरामा नगरपालिकाको सधै ध्यानाकर्षण भईरहेको वताउदै यसपटक फरक तवरले मेलालाई व्यवस्थित गर्ने मेला सन्चालक समितिको योजनाले पुर्णता पाओस भन्दै मेला आयोजना हुने क्षेत्र कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीले मेला सफलताको शुभकामना दिएका छन ।
मकर मेला माघ १ गतेको मकर संग्रान्तिका दिन विशेष रुपमा लाग्दै आइरहेको छ भने यस बर्ष पुस २७ गतेदेखि माघ ३ गतेसम्म सप्ताहब्यापी रुपमा मेला लगाईने अध्यक्ष मैनालीले जानकारी गराएका छन ।
मेलामा बालबालिका देखि सबै उमेर समुहका लागी खेल तमासा , विभिन्न खाद्यान्न परिकारहरु , लताकपडा , खेलौना सामाग्री , बिभिन्न क्षेत्रमा उत्पादन भएको कृषि जन्य सामाग्री लगायतका स्टलको ब्यवस्थापन गरिएको मेला आयोजक समितिले जानकारी गराएको छ ।

मेला भर्नुका अलवा धार्मिक महत्व समेत रहेको कनकाई नदिमा मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पापकर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निकोहुने जनविश्वास रहेकोले पनि कनकाई माईको दुबै किनारामा लाग्ने मेलामा नेपाल , भारत तथा भुटानबाट समेत हजारौको सङ्ख्यामा भक्तजनहरु आउने गरेका छन ।

सम्बन्धित खबर