Kanakai Online

बालिका बलत्कार मुद्धामा पक्राउ परेका बिर्तामोडका पुर्व नगरप्रमुख शिवाकोटी जेल चलान


सोमवार, पौष २२, २०८१ |

कनकाई अनलाईन
आफ्नै घरेलु कामदारको रुपमा राखिएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले झापाका जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटी पुर्वक्षका लागि आज जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको झापा जिल्ला अदालतका सुचना अधिकारी रामचन्द्र बस्नेतले गोरखापत्रलाई बताउँनुभयो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको बस्नेतले बताउँनुभयो । नगरप्रमुख शिवाकोटीसग अदालतले बयान लिएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल , गजेन्द्र आचार्य , टंक उप्रेती ,बालकुमार कट्वाललगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । पक्राउ परेका शिवाकोटीलाई प्रहरीले १२ देखि १४ बर्षसम्म कैद सजायको माग सहित अदालतमा पेश गरेको थियो ।
पक्राउ परेकै दिनदेखि पुर्व नगरप्रमुख शिवाकोटी विरामी भएको भन्दै बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा रहदै आएका थिए ।