
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ स्थित सिंहदेवि माविले विविध कार्यक्रमका बिच आफ्नो ४१ औ अभिभावक दिवश तथा बार्षिक उत्सव मनाएको छ ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बालकृष्ण ढकालको सभापतित्व तथा यस क्षेत्रका प्रदेश सांसद भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीको मात्रै नभएर अभिभावकबिच समेत विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिएको थियो । भने विद्यालयमा स्थापित विभिन्न छात्रवृत्तिको समेत वितरण गरिएको थियो ।

बार्षिकत्सवमा कनकाई नगरपालिकाको नगर गित प्रगतिको पाइला कहिले मन्द हुदैन देखि लिएर विविध सास्कृतिक तथा राष्ट्रिय गितहरुमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको नृत्य रहनुको साथै जेष्ठ माता नरमाया बिष्टलाई दोसल्ला ओढ्याएर सम्मान गरिएको थियो । यसैगरि विद्यार्थीहरुलाई विभिन्न दाताहरुद्धारा स्थापित नारायणी मेमोरीयल फाउण्डेशन, विष्णुमाया स्मृति, आस्मा फुयाँल स्मृति लगायातबाट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यालयबाट विदाई हुनुहुने शिक्षक शिक्षिकाहरु पुर्वप्रअ डम्बरप्रसाद फुयाँल, पुरणकुमार फुयाँल र मिना गेलाल फुयाँलाई, जानुका पोखरेल, जिबेन्द्र गौतम, सरु फुयाँल, समिर उप्रेती, अनिस बस्नेत, निश्चल थापा, लक्ष्मण भट्टराई, कमला भुजेल, रन्जना घिमिरे, विवश दाहाल, नम्रता पाठक र ऋषिराम पोख्रेललाई बिदार्इ र सम्मान गरिइएको थियो ।
यसैविच अभिभावकहरुविच विभिन्न खेल प्रतियोगिताहरु डोरी तान, अभिभावक शिक्षक भलिबल, म्युजिकल चेयर, हण्डी फुटाई लगायातका खेल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा बिजयी खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । बार्षिक उत्सवमा विद्याथीैहरुले विभिन्न नाटक, तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री तथा प्रदेश सांसद भक्तिप्रसाद सिटौला, वडाअध्यक्ष रोषन सुवेदी, शिक्षा साखा प्रमुख कनकाईका राजकुमार सोडारी, समाजसेवी शेरबहादुर थापा, चन्द्रमोहन उप्रेती पुर्वप्रअ डम्बरप्रसाद फुयाँल, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, शिक्षक अभिभावक संघका अध्यक्ष दधिराम न्यौपाने लगायातले मन्तव्य राख्नुहुदै विद्यालयले अनेकन आरोह अवरोह गर्दै यो प्रगतिको बाटोमा आएको बताउँनुभयो । अतिथिहरुले विद्यालयको जमिन अभाव हुदा खेलकुद लगायातका कार्यक्रमहरु गर्न कठिनाई हुने गरेको समेत बताउँनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ भोलानाथ ढुङ्गेलले विद्यालयको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने स्वागत शिक्षक युवराज पौडेलले गर्नुभएको थियो ।


