Kanakai Online

झापामा प्रचण्डको गर्जन जनताको साथ पाए अर्बौंको सेटिङ भत्काइँछ


सोमवार, पौष १५, २०८१ |

कनकाई अनलाईन
प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका हुन् । केराको पातमा उनले उसिना चामलको भात , लाफाको पेल्का ९लाफा सागको दाल जुन चिप्लो हुन्छ ०, आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् ।
कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै हरिबोल गजुरेल , इन्द्र आङबो , सावित्रीकुमार काफ्ले , जीवन आचार्य,धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको एक स्थानीय कार्यकर्ताले बताए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।

झापा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको साथ पाए देशबाट भ्रष्ट, दलाल र बिचौलियाको अर्बौंको सेटिङ भत्काइने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अहिलेको सरकारले संविधान, देश र लोकतन्त्रकाविरुद्धमा काम गरिरहेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
‘अहिलेको सरकार अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ’ प्रचण्डले भने– अहिलेको सरकार न लोकतान्त्रिक छ, न संवैधानिक छ । यो अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ ‘०८४ मा हामीलाई २०६४ को जस्तै पहिलो पार्टी बनाउनुभयो भने भ्रष्टाचारको जरा उखेल्ने कुरामा म प्रतिज्ञा गर्न चाहान्छु,’
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरगञ्जमा आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ । संविधान, देश र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ ।’
यस अघि प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका थिए । यो सर्वत चर्चाको विषय बनेको छ ।