कनकाई अनलाईन
चिसो मौसम सुरु भए संगै झापाको कनकाई नगरपालिकाले नगरका अति विपन्न १८० घर परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ ।
न्यानो कपडा वितरणको अन्तिम चरणमा सोमबार कनकाई नगरपालिका वडा नं. २, ३ र ४ का अती विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।
कनकाई ४ सिंहदेवी टोल स्थित मुसहर बस्तिका सबै २० घर मुसहर परिवारलाई न्यानो कपडा वितरण कार्यक्रममा सम्वोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले यस अघीनै कनकाई नगरका अरु सबै वडामा ब्ल्यांकेट वितरण गरिसकीएको जानकारी गराउनु भयो ।
कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि शीवाकोटिले नगरको वार्षिक कार्यक्रम अनुसार नगरका ९ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि वितरण गरिँदै आएको ब्ल्यांकेट यसपटक पनि नगरका ९ वटै वडाका २०÷२० अति विपन्न परिवारलाई वितरण गरिएको बताउनु भयो ।
जाडोको मौसममा अतिविपन्न परिवारका नागरिकले कठ्यांग्रीएर ज्यान गुमाउन नपरोस भनेर समयमै न्यानो कपडा वितरण गरिएको पनि नगर उपप्रमुख शिवाकोटीले बताउनु भयो ।
कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदिले विषेश गरेर युवा वर्गलाई भन्दा पनि ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोको समयमा बढी कस्टकर हुने भएकोले नगरले नागरिकको जिउको सुरक्षा गर्नु पर्छ भन्ने उदेश्यले वितरण गरेको न्यानो कपडाको सहि ढङ्गले प्रयोग गर्न अनुरोध गर्नु भयो ।
मुसहर बस्तिमा वडाकै अति विपन्न परिवार रहने भएकोले उनिहरुको जिवन स्तर उठाउनलाई पनि यस पटक यस वस्तिका सबै परिवारलाई न्यानो कपडा बितरण साथै वडाले सवै परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने र यस वस्तिमा वसेर वालुवा चालेर गुजारा गर्दै आएका परिवारलाई वेल्चा र फ्रेम सहितको जालि समेत प्रदान गर्ने पनि वडा अध्यक्ष सुवेदीले वताउनु भयो ।
जाडो सिजनको सुरुवातमै ब्ल्यांकेट पाए पछी खुशी हुदै मुसहर बस्तिका अनिता ऋषिदेव , श्रवण मुसहर , दिपिका ऋषिदेव लगायतले “हामी युवाहरुत जसोतसो जाडो कटाउथीउ तर न्यानो ओड्ने नहुदा बुढाबुढी र ससाना केटनकेटीको बिजोग हुनेगरेको थियोे अहिले नगरले न्यानो कपडा दिएपछि आफुहरुलाई राहात पुगेको छ ।“ भन्दै नगर र वडा परिवारलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा कनकाई ४ का वडा सदस्य मन्दिरा दियाली , शेष प्रसाद प्रसाईं (राजु ) कनकाई ४ को विमा अभिकर्ता शुभद्रा वाग्ले न्यौपाने लागयतको उपस्थित रहेको थियोे भने कार्यक्रममा स्वागत वडा सदस्य मोहन संग्रौलाले गर्नु भएको थियो । कार्यक्रम सन्चालन वडाका कर्मचारी शुरेश गौतमले गर्नु भएको थियोे ।