Kanakai Online

कनकाई ७ मा भजन प्रतियोगिता


मङ्गलवार, पौष २, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ नम्बर वडामा आफ्नो मौलिकता र संस्कृति जोगाउने एवं किर्तन समुहहरुमा सुदृढ सम्बन्ध स्थापना गराउने उद्देश्यका साथ प्रथम वडा स्तरीय भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ।

कनकाई नगरपालिका अन्तर्गत वडा नं ७ भृकुटी टोलमा अबस्थित पाथिभरा किर्तन मण्डली समाज समितीको आयोजना तथा कनकाई नगरपालिका ७ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वयमा सो कार्यक्रम आयोजना भएको हो। सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा वडा नम्बर ७ भित्रका ८ वटा भजन किर्तन समुह टोलीहरु बाट सहभागिता जनाएका थिए ।

कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा सभापतित्व पाथीभरा किर्तन मण्डली समाज समिती अध्यक्ष देवका भटराईले ग्रहण गर्नु भएको थियो र कार्यक्रमको संचालन कनकाई ७ नम्बर वडा स्तरीय बाल संजाल अध्यक्ष तथा प्रथम वडा स्तरीय भजन किर्तन प्रतियोगिताका कार्यक्रम संयोजक रिजन तिम्सिनाले गर्नु भएको थियो ।

प्रमुख अतिथि समेत रहनुभएका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोख्रेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको सो कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष भीषम भुसन सिटौला ,वडा नम्बर ७ का वडा सदस्य निर्मल आङथुप्पो , अरुणा सुब्बा , साबित्रा सार्की , बिधालयका बिधालय ब्यबस्थापन समिती अध्यक्ष तथा प्रधानाध्यापकहरु , वडा भित्रका प्रमुख राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु , टोल बिकास समिती संयोजकहरु , सामाजिक ब्यक्तित्वहरु , बाल संजालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

निकै रोचक र सुमधुर भजनहरु प्रस्तुत गरिएको सो किर्तन प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो स्थान क्रमश हलेशी किर्तन मण्डली , नागेश्वरी किर्तन मण्डली , शिव पन्चायन किर्तन मण्डली रहन सफल भएका थिए , बिजेता किर्तन समुहहरुलाई प्रमाणपत्र , ट्रफि , मेडल द्वारा प्रमुख अतिथी लगायतले बितरण गर्नु भएको थियो ।