Kanakai Online

यी महान सासु जसले बुहारी बनेर आएकी मुनालाई पुन छोरी बनाएर पराई घरमा सुम्पिइन


मङ्गलवार, पौष २, २०८१ |

कनकाई अनलाईन
सुन्दै अच्चमलाग्दो तर सत्य घटनाको साक्षी बने बिहीवार झापा कनकाई नगरपालिका ४ कोटीहवन क्षेत्रको ठाडाराई अधिकारी बन्धुको यस सामुदायिक भवनमा ।
जहाँ आफ्नै बुहारीलाई छोरीजस्तै जग्गेमा गोडा धोई झापा शिवसताक्षी नगरपालिका २ धरमपुरकी यी एक सासुआमा मुनादेवि भट्टराईले ८ बर्ष पहिले आफ्नै घरमा बुहारी बनेर आएकी मुना देवि दाहाल केहि बर्ष घरमा बुहारीकै रुपमा रहिन तर देशमा चलेको कोरोना कहरका कारण वैदेशिक रोजगारीमै रहेका आफ्ना छोराको साउदी अरेबियामा निधन भएपछि घरमा मुना एकल रुपमा रहदै आएकी थिइन ।

सासुआमा मुनादेवि भट्टराई भन्छिन पहिले मेरो घरमा यी बुहारी बनेर आएकी थिइन । छोरालाई कोरोनाले लगेपछि उनी हामीसगै छोरीका रुपमा रहदै बस्दै आईन । आज फेरी छोरीकै रुपमा पराई घर सुम्पदै छु । यतिभन्दा आमा मुनादेवि भट्टराईको आखा आशुले भरीसकेको थियो । मुना घरमा एकल रुपमा बस्दै गरेको कुरा थाहा पाएपछि परिवारसग हात माग्न गएको बेहुलाका दाजु कमल न्यौपानेले बताउँनुभयो ।

एकल रुपमा रहदै आउनुभएकी मुना दाहालकी एक ७ बर्षिय छोरी समेत छिन । भाई एनआरएनका रुपमा अमेरिकामा रहदै बस्दै आएको र नेपालमा बिहेको कुरा चलेपछि बिहेका लागि मुनासग आफ्ना भाई होमप्रसाद न्यौपानेको कुरा चलेको उहाँले बताउँनुभयो । यस्तो आदर्श विहेको कुरा चलचित्रमा हेर्न र उपन्यासमा पढन मात्रै पाइन्थियो तर आज आफ्नै घरमा देख्न पाइयो हाम्रो सबै परिवार यस विहेबाट खुसी छ । परिवर्तनका सुरुवात आफ्नै घरबाट हुन पाएकोमा हामी खुसी छौ कमलले कनकाई साप्ताहिकसग भन्नुभयो ।
यता मेची बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहनुभएका बेहुलाका दाजु प्रकाशचन्द न्यौपानेले बिहेका लागि पहिले बेहुलानै राजी भएको र परिवारले समेत आदर्श बिहेका लागि अनुमति दिएको बताउँनुभयो । हामी नेपालमा रहेका आफन्तले त बिहेलाई स्वीकार गरीसक्यौ भने अमेरिकामा रहनुहुने आफन्तले पक्कै स्वीकार गर्नुहुन्छ प्रकाशचन्द्रले भन्नुभयो । बिहेका लागि पहिले परिवारमा सल्लाह गरेरै मन्जुर गरिएको उहाँको भनाई थियो । समाजका लागि एकदमै खुसी र उदारणीय काम भएको विहेकै दिन आर्शिवाद दिन आएका आफन्तहरुको विचार र भनाईबाट प्रष्ट भएको उहाँको भनाई थियो । मुलकुरा केटा र केटी खुसी भएपछि आफन्त खुसी नहुने कुरै रहेन उहाँले भन्नुभयो । यस्ता विहेलाई समाजले समेत प्रोत्साहन गर्नुपर्ने न्यौपानेको भनाई थियो हामीले समाज परिवर्तन गर्ने यसरीनै हो न्यौपानेले बताउँनुभयो । बिहेका लागि स्वदेश तथा विदेशमा रहने बस्ने सबैलाई सोध्दा सबैले खुसी व्यक्त गरेपछि आफुहरु थप खुसी भएको न्यौपानेको भनाई थियो ।


यता आफन्त समेत रहनुभएकी कनकाई सामुदायिक वन समुहकी सचिव मान्ता खरेलले यस्तो आदर्श विहेमा आर्शिवाद दिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । ५ बर्ष पहिले कोरोना कहरका कारण ज्वाईको साउदीमा निधन हुदा उहाँको मृत शरिर समेत नेपाल ल्याउन नपाएको बताउँदै आज यसरी राजीखुसीमा बहिनीलाई आदर्श परिवार बनेर भट्टराई परिवारले बुहारीलाई अन्माईरहदा समाजमै उदाहरणीय काम गरेको मान्ता खरेलले बताउँनुभयो । बहिनी मुना दाहाल एकल भएर पनि आफ्नो दिवंगत श्रीमानकै घरमा रहनुभएकोमा बुहारीको भविष्य सम्झिएर पुन छोरी बनाएर अन्माइरहदा हर्षका आशु आएको आफन्त मान्ता खरेलको भनाई थियो ।


मुनाका आफन्त जेठाजु, सासु लगायातका सबैजना बुहारीको बिहेमा यसरी खटिएर गोडै धोएर कन्यादान गरिदिदा समाजमा उदाहरणीय काम भएको मान्ताको भनाई थियो । कनकाई माई कोटीहवन क्षेत्रको ठाडाराई अधिकारी बन्धुको सामुदायिक भवनमा उपस्थित डेढ सय बढी जन्ती र आफन्तजनले आदर्श विहे भन्दै आर्शिवाद प्रदान गर्नुभएको थियो ।