Kanakai Online

घरमा काम गर्न राखिएका वालिका बलात्कार आरोपमा पुर्व नगरप्रमुख शिवाकोटी पक्राउ


मङ्गलवार, मंसिर २५, २०८१ |

कनकाई अनलाईन
आफ्नै घरमा काम गर्न राखेकी १५ वर्षीया नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पुर्व प्रमुख धु्रबकुमार शिवाकोटी पक्राउ परेका छन ।
झापा बिर्तामोड नगरपालिका ५ निवासी पुर्व नगरप्रमुख ६८ बर्षिय शिवाकोटीले घरमा काम गर्न राखेकी १५ बर्षिय किशोरीलाई पटकपटक करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले गोरखापत्रलाई बताउँनुभयो । निज शिवाकोटीले पटक पटक बलत्कार गरेपछि घरबाट भागेर अन्यत्र जानलाग्दा नेपाल भारत सिमास्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टाले फेला पारी सोधपुछ गर्दा उक्त घटना बाहिर आएको हो । निज वालिकाको आफन्त नेपालमा नरहेको र भारतमा आफन्तकोमा जान लाग्दा नेपाल भारत सिमाबाटै उनलाई प्रहरीले फेला पारेको जनाइएको छ । उक्त जाहेरीसगै घटनामा सग्लन शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार घरबाटै पक्राउ गरिसकेको छ । पक्राउ परेका शिवाकोटी सोमवार साँझ अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उनलाई बीएण्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका तर्फबाट शिवाकोटीविरुद्ध सोमवारनै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउँनुभयो । मंगलवार उनलाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने विष्टले जानकारी दिनुभयो । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरएको छ ।

करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी नाबालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको खुलेको छ ।

बाबुको मृत्यु भएपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् । आफन्त कोही नभएकी ती वालिकाको तत्कालिन नगरप्रमुख भएका शिवाकोटीले अभिभावकत्व ग्रहण गर्ने भन्दै घरमा राखेर पढाउदै आएका थिए । ती वालिकाले अन्तिम समय गत मंसिर १५ गते राती पढिरहेको बेला जवरजस्ती करणी गरेको बताएकी छिन ।