Kanakai Online

निर्वाचनको मौका छोपी माई खोलामा काठ तस्करी


सोमवार, मंसिर १७, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई माई नदिको बहावमा बगाएर ल्याउदै गरेको करिव १ लाख २० हजार मुल्य बराबरको साखु जातको काठ प्रहरीले बरामद गरेको छ ।
सबै प्रहरी र सर्वसाधरण समेत निर्वाचनमा रहेको मौका छोपी आईतवार दिउसो ४.५० बजे शिवसताक्षी नगरपालिका वडा न.१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी १ लाख २० हजार मूल्यबराबरको करिव ४० क्यु.फिट काठ प्रहरीले बरामद गरेको हो ।

अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठ ल्याउने समुह भने प्रहरीलाई देखेर भागेको बताइएको छ । कनकाई नदिको वहावमा बगाएर यस क्षेत्रबाट लामो समयदेखि काठ चोरी पैठारी हुदै आइरहेको छ ।