Kanakai Online

कनकाई ६ को उपनिर्वाचन दिउसो २ बजेसम्ममा १२३६ मत खस्यो


आइतवार, मंसिर १६, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ६ को उपनिर्वाचनमा अहिले दिउसो २ बजेसम्ममा १२३६ मत खसेको छ ।
जम्मा २०५८ मतदाता रहेको यस वार्डमा निर्वाचनमा ९ जना उम्मेद्धार चुनावी मैदानमा रहेका छन । यस निर्वाचनमा एमाले, माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र उम्मेद्धार लक्ष्मी ओलीविच कडा टक्कर हुने देखिएको छ । यस निर्वाचनमा कुल मतदाता भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालले बताउँनुभयो ।


निर्वाचनका लागि स्थानिय चम्पापुर माविभित्रै २ वटा निर्वाचन केन्द्र छुट्टाईएको छ । आज विहान ७ बजेदेखि निर्वाचन सुरु भएकोमा अहिले साँझ ५ बजेसम्म निर्वाचन हुने छ । आजै रातीसम्ममा निर्वाचनको परिणाम आइसक्ने बताइएको छ । झापा जिल्ला हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार लिङदेनको गृह जिल्ला भएकोले समेत यी सबै दलले यस निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएसगै निर्र्वाचन रोचक बनेको छ ।