Kanakai Online

पर्यटकीय स्थल सताक्षीधाममा बन्यो ८७ धारा


बिहिवार, मंसिर १३, २०८१ |

कनकाई अनलाईन
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको आज उद्घाटन गरिएको छ ।
पौराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तरबाट निर्मित ८७ धाराको कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन् ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व सतासी खोलाको तटमा ८७ ओटै धारा बनाउने अवधाराणा अनुसार धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।
पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो। “शताक्षी“ शब्दको अर्थ हुन्छ सय आँखा भएकी देवी । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउनेश्री शताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताए ।
नव निर्मित धारालाई मुक्तिनाथमा भएको १०८ धारा पछिको दोस्रो धारा भएको बताइएको छ ।
सताक्षीधाममा आउने भक्तजनहरुले ८७ धारामा स्नान गरेर मन्दिरमा पुजा गर्ने छन् ।
यसै बीच सताक्षीधाममा अतिथि गृहको पनि आजै शिल्यान्यस गरिएको छ । उक्त अतिथि गृह तीन तल्लाको हुने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।
अथिति गृह शिल्यान्यासको क्रममा मुख्य मन्त्री कार्कीले भने, भवन निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोग रहन्छ । तर अहिले यति नै रकम हुन्छ भन्ने चै छैन । निर्माण समितिले सबै कागजी प्रकृया पुरा गरेपछि काम अघि बढ्ने उनको भनाई छ । यस्तै गोवर्धन गौशालाका संरक्षक भारद्वाजले अतिथि गृह निर्माण गर्न १० लाख दिने घोषणा गरेका छन् । अतिथि गृह तीन तलाको ५१ कोठाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ।
कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, पूर्व सांसद तारासम योङ्या, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष उदयप्रकाश राईले स्वागत गरेका थिए भने, संस्थाका सचिव कालीप्रसाद रिजालले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर