कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ टप्पुमा गाई काटेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । मंगलवार स्थानीय दुर्गा सेलुवालको गाई चोरी गरि नजिक्कै आफ्नो डेरामा लगेर गाई काटेर मारेर मासु खाएको आरोपमा सोही स्थानमा डेरा गरि बस्ने ४ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।
प्रहरीले तत्काल खोजी तलासीमा जुटेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले बताउँनुयो । प्रहरीले बुधन आलमलाई बाह्रदशी गाउँपालिका वडा नं.४ बाट पक्राउ गरिएको हो भने कुरेसा खातुन,दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका वडा नं. ५मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी चन्दले बताउँनुभयो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यता डेरामा गाई मारेको आरोपमा स्थानीयवाशीले मंगलवार केहि घण्टा चक्काजाम समेत गरेका थिए भने उक्त चक्काजाम हटाउन प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।