Kanakai Online

कनकाई ६ को उपनिर्वाचन, नागरिक उन्मुक्ति पार्टीले समेत आजैबाट प्रचार थाल्ने


मङ्गलवार, मंसिर ११, २०८१ |

कनकाई अनलाईन
झापको कनकाई नगरपालिका ६ मा आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा यस क्षेत्रका ८ दल र एक स्वतन्त्र गरि ९ उम्मेद्धारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन ।
यस अघि २०७९ सालको निर्वाचनमा बिजयी हुने एमाले सहित एक जना स्वतन्त्र, माओवादी, कांग्रेस र राप्रपा गरि ५ जना मात्रै निर्वाचनमा सहभागि रहेकोमा यस पटकको उपनिर्वाचनमा थप ४ उम्मेद्धार सहित ९ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । यसअघि सबै उम्मेद्धारले आफ्नो प्रचारलाई तीव्र बनाउँदै आएकोमा नागरिक उन्मुक्ति पार्टीले भने घरदैलो थालेको थिएन । तर सोमवार दिउसो कनकाई अनलाईनको टिम नागरिक उन्मुक्ति पार्टीको उम्मेद्धारको घरमै पुग्दा आफुहरुले समेत मंगलवार विहान १० बजेबाट घरदैलोको कार्यक्रम सुरु गर्ने बताउँनुभयो । हाम्रो वार्ड साह्रै सानो छ, २ दिनघुम्दा सबैको घरघरमै पुग्न सकिन्छ । दुईवटा माईकबाट समेत प्रचार गर्ने हो प्रचार समाग्री दिने हो नागरिक उन्मुक्ति पार्टीकी उम्मेद्धार जमुना राजवंशीले भन्नुभयो । अरु उम्मेद्धारले एक हप्ता पहिलेबाट प्रचार गरेर बढी खर्च गरिरहेको उहाँको भनाई थियो । ढाकी चुनाव चिन्ह लिएर निर्वाचनमा उठनुभएकी उम्मेद्धार जमुना कनकाई ६ कि एकमात्रै महिला उम्मेद्धार रहनुभएको छ । कनकाई ६ मा नेकपा एमाले, कांग्रेस, माओावादी, राप्रपा, मंगोल नेशनल, जनमत र संघिय लोकतान्त्रिक पार्टी र एकजना स्वतन्त्र उम्मेद्धार लक्ष्मी ओली रहनुभएको छ ।