Kanakai Online

भ्रष्टाचार गरेको थाहा पाएमा जुत्ताको माला लगाएर घुमाउँनु कांग्रेस उम्मेद्धार ओली


आइतवार, मंसिर ९, २०८१ |

कनकाई अनलाईन
झापाको एकमात्रै उपनिर्वाचन हुन लागिरहेको कनकाई नगरपालिका ६ को उपनिर्वाचन नजिकिदै जादा यस क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
गत असार २ गते तत्कालिन एमालेबाट निर्वाचित उम्मेद्धार दिर्घबहादुर थापा क्यान्सर रोगबाट मृत्युभएर खाली रहेको यस क्षेत्रमा आगामी मंसिर १६ गते पुन उपनिर्वाचन हुन लागेको छ । यस पटकको उपनिर्वाचनमा एमालेलाई आफ्नो गुमेको वडाध्यक्ष पुन फिर्ता ल्याउन फलामको चिउरा हुने निश्चित देखिएको छ । यद्धपि दह्रो आफ्नो जनसंगठन र तीनै तहका सरकारको जोडबलमा आफुले उक्त स्थान फिर्ता ल्याउने कसरतमा एमाले रहेको छ । यसै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेद्धार लक्ष्मी ओलीविच चार पक्षिय भीडन्त हुने पक्का देखिएको छ । गत स्थानीय निर्वाचन २०७९ मा माओवादी पार्टी भन्दा पछाडि रहेको नेपाली कांग्रेस यस पटक भने आफ्ना स्वतन्त्र रुपमा गएका आफ्ना प्राय सबै नेता कार्यकर्तादलाई आफ्नो मुल पार्टीमा फर्काएको दावी गर्दै आफुले कनकाई ६ मा निर्वाचन जित्ने दावी गरेको छ ।


नेपाली कांग्रेसबाट यस कनकाई ६ मा उम्मेद्धारी दिएर चुनावी अभियानामा होमिएका नेपाली कांग्रेसका उम्मेद्धार रामगोपाल ओलीले पत्रकार सम्मेलनको आयोजना गर्दै आफु यसअघि पनि यस क्षेत्रका जनताका हरेक सुख्ख दुख्खमा साथमै रहेकोले निर्वाचन जित्नेमा ढुक्क रहेको बताएका छन । नगरपालिकामा वडाध्यक्ष नहुदा समेत नागरिक वडामञ्चको संयोजक भएर विकास निर्माण लगायातको कामहरु आफुले गरिसकेको भन्दै आफुले समाजसेवाको हुटहुटीकै कारण उम्मेद्धारी दिएको रामगोपाल ओलीको भनाई छ । निर्वाचन जितेपछि यो वा त्यो दल समुदायको नभनी सबैलाई समान रुपले हेर्ने समेत ओलीले पत्रकार सम्मेलनमा बताए । नागरिक वडामञ्च हुदा गरेका आफ्ना कामहरुलाई सम्झेर समेत आफुलाई मतदान जनताले गर्नेमा आफु ढुक्क रहेको रामगोपालको भनाई छ ।


ओलीले आफुले निर्वाचित भएपनि आर्थिक अनुशासनमा कडाई गर्ने मात्रै बताएनन आफुले कुनैपनि दिन भ्रष्टाचार गरेको प्रमाणित भएमा कार्वाही गर्नु त छदैछ आफुलाई मत हाल्ने जनतासमक्ष जुत्ताको माला लगाएर गाउँ घुमाउन समेत खुल्ला रुपमा आव्हान गरेका छन । उनले आफुले निर्वाचन जितेमा गाउँका मुटु रोगीहरुलाई औषधि सेवन गर्न मासिक १ हजारका दरले रकम सहयोग गर्नेदेखि लिएर कृषकहरुलाई सहुलियत दरमा मल बिउ बिजन वितरण देखि कृषि सिचाईमा ८० प्रतिशत बिजुली अनुदान दिने, २० युनिट मात्रै बिजुली बाल्ने जनताको बिजुलीको बिल वार्ड कार्यालयले तिरिदिने, अर्गानिक कृषि प्रणालीका लागि घुम्ती पाठशालाको व्यावस्था गर्ने , मृत्यु सस्कारलाई सहज बनाउनका लागि २० हजार रुपैँया किरिया खर्च दिने, छोरी शिक्षालाई प्रभावकारी बनाउन छोरी जन्मनसाथ १५ हजार सहयोग गर्ने, एक घर एक धारा बनाउँने, वडामा रहेको एकमात्रै सामुदायिक विद्यालय चम्पापुर माविलाई नमुना विद्यालय बनाउने, यस विद्यालयबाट उच्च शिक्षका लागि अन्यत्र जानका लागि विद्यार्थीहरुलाई साईकल उपलब्ध गराइने, विरिङ तठबन्धलाई सरकारको माथिल्लो सरकारसमक्ष समन्वय गरि तटबन्ध गर्ने, घैलाडुब्बा सुरुङ्गा जोडने मार्गलाई स्तर उन्नत्ति गरिने, गरिब परिवारलाई स्वास्थ्य बिमा गरिदिने युवा खेलकुदका क्षेत्रमा काम गर्ने यसका लागि खेल प्रशिक्षक समेतको व्यावस्थापन गर्ने लगायातका आफ्ना घोषणा रहेको पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी रामगोपाल ओलीले बताउँनुभयो ।
कनकाई ६ मा यस अघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र उम्मेद्धार लक्ष्मी ओली गरि जम्मा ५ जना मात्रै उम्मेद्धार रहेको मा यस बर्ष पहिलेका ५ सहित थप ४ जना उम्मेद्धारहरु समेत चुनावी मैदानमा रहेका छन । अन्य दलको उम्मेद्धारी भने बिजेता बन्न भन्दापनि आफ्नो उपस्थिति देखाउनमा सिमित देखिएको छ ।