कनकाई अनलाईन
झापाको शिवसताक्षीमा जंगली हात्तीले आतंक मच्चाउदै मानिसको ज्यानै लिन थालेपछि सरोकारवालासग छलफल सुरु गरेको छ । हात्तीको हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तरक्रिया सुरु गरेको छ ।
शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ । जंगली हात्तीले रात्रीको समयमा शिवसताक्षीका वडा नं। १, ८,९ र १० का स्थानीयका घर भत्काइदिने, खाद्य सामाग्रीहरु खाइदिने खालका गतिविधीहरु गदै आएका स्थानीय बासीको गुनासो रहेको छ ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय जयश्वर आङ्गदेम्बे, डिकबहादुर बुढाथोकी, बेनुप्रसाद संग्रौला, चन्द्रमणी नेपाल, दाताराम विष्ट लगायतले हात्तीले गाउँघरमा गर्दै आएको क्षतिको बारेमा जानकारी गराउनुभएको थियो ।
जंगली हात्तीलाई गाउँ पस्न नदिन विभिन्न खालको उपायहरुको खोजी गरिए पनि दीर्घकालिन रुपमा हात्ती नियन्त्रण गर्न नसकिने सरोकारलाहरुले बताएका छन् ।
दमक सव डिभिजन कार्यालयका प्रमुख एकराज दाहालले जंगली हात्ती आहाराको खोजीमा गाउँ पस्ने गरेको जंगल क्षेत्रमा हात्तीको आहारा रुपमा लिइने बनस्पतीहरुको विरुवा रोपण गरे पनि केही हदसम्म हात्ती गाउँ नपस्ने बताउँनुभयो ।
गाउँको बीचमा हात्ती पसेपछि हात्ती धपाउन नजान्दा विभिन्न खालका क्षति गर्दै आएको जिल्ला बन कार्यालयका प्रमुख ऋषि पराजुलले बताउँनुभयो । हात्ती खेदाउनका लागि छुट्टै तालिमहरुको व्यवस्था गर्नु पर्ने समेत पराजुलीले बताउँनुभयो । गाउँमा हात्ती छिरेपछि सबैले चारैतिरबाट आगो लगाएर हात्ती धपाउने गरिएको पराजुलीले बताउँनुभयो । हात्तीले कतै जाने ठाउँ नपाउँदा उत्तेजित धेरै धनमालको क्षति गर्दै आएको पराजुलीले बताउँनुभयो ।
अन्तरक्रियामा हात्तीले मानव बस्तीमा गरेको क्षति पछि पाउने राहतको विषयमा छलफल भएको थियो । हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएमा, घाइते भएमा,बालीनालीको क्षति भएमा र भौतिक संरचानामा क्षति भएमा राहतको व्यवस्था रहेको जानकारी गराएको थियो ।
अन्तरक्रियामा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले हात्ती आतंकले गर्दा नगरमा पु¥याएको मानविय क्षति र अन्य बालिनाली तथा भौतिक संरचनाको क्षतिले आफुलाई धेरै दुःखित बनाएको बताउँदै नगरपालकाले हात्ती नियन्त्रणका लागि जिल्ला तहमा पनि धेरै पटक छलफल चलाइएको र यसका लागि राष्ट्रिय स्तरबाटै अभियान चलाउनु पर्ने बताउँनुभयो । स्थानीयतहले सिमित श्रोत साधानका बीच हात्ती धपाउनका लागि केही उपकरण र सडक बत्ती जडान गरिएको भन्दै नगरप्रमुखले हात्तीबाट क्षति पुर्याएका नगरबासीलाई थोरै भएपनि राहत दिने गरेको बताउँनुभयो । नगरप्रमुख थोप्राले हात्ती नियन्त्रणका लागि सबै एक भएर लाग्नुको अर्को विपल्प नभएको बताउँनुभयो ।
कार्यक्रममा हात्ती प्रभावित क्षेत्र मानिने मेची नगरपालिका वडा नं४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्ती धपाउने तरिका र न्युनिकरणको विषयमा प्रकाशन गरिएको पुस्तक र पर्चाहरु वितरण गर्नुभएको थियो ।
कार्यक्रममा रतुवा माई बृक्षारोपण आयोजनका भोला यादव, शिवसताक्षी नगरपालिका वडा नंम्बर ११का वडाध्यक्ष बहादुर आङ्गबो, इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज महेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।