कनकाई अनलाईन
कनकाई नगर ब्यासनका अध्यक्षमा बिनोद उप्रेती सर्वसम्मत चयन भएका छन ।
उप्रेती यसअघि कनकाई नगर ब्यासनका नगर कोषाध्यक्षका रुपमा रहेका थिए । कनकाई नगरपालिकाका निजि तथा आवाशीय विद्यालयको आज सम्पन्न तेस्रो नगर अधिवेशनबाट उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । उनी विद्योदय अंग्रेजी विद्यालयका पिन्सिपल समेत रहेका छन । उनी यसअघि सुरुङ्गा जेसिजका कार्यकारी उपाध्यक्ष तथा कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भईसकेका थिए । तर ती दुबै संस्थामा उनलाई अध्यक्ष बन्नबाट बञ्चित गरिएको थियो । आफुले अध्यक्ष हुन खोज्दा निर्वाचन गरेर र संस्थामा चरम राजनैतिक चलखेलका कारण अध्यक्ष हुनबाट रोकिएको तितो अनुभव सम्मालेको स्वयम विनोदले कनकाई अनलाईन समक्ष पटक पटक बताउँदै आएका थिए । यसपटक भने उनी आफुले काम गर्दै आईरहेको निजि विद्यालयहरुको संस्था प्यासनको नगर अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
आजै गठित कनकाई नगर ब्यासनको सचिवमा झापा मेरिगोल्ड स्कुलका पिन्सिपल गोकुल उप्रेती, कोषाध्यक्षमा ग्लोबल एडुकेयरका पिन्सिपल बिमान लामा, र सदस्यमा हरिकुल नमुना स्कुलका पिन्सिपल रोषन केसी यसैगरि सदस्यमा ज्ञानमाला स्मार्ट एकाडेमीका पिन्सिपल गोपाल संग्रौला सर्वसम्मत हुनुभएको छ । यस निर्वाचनका लागि प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेतीको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको थियो ।
ब्यासनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर अधिवेशन ब्यासनका नगर अध्यक्ष विनोद सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो । भने कोषाध्यक्ष विनोद उप्रेतीको आर्थिक र सचिव मोहन थापाको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्यासनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेलले कनकाई नगरमा निजि विद्यालय र प्याब्सनको गतिविधिलाई अगाडि बढाउनका लागि स्वर्गिय गंगाप्रसाद उप्रेती, लक्ष्मण सुवेदी, डिआर सुवेदी यसैगरि हरिकुलका संस्थापक चन्द्रप्रसाद मैनालीहरुको योगदानको स्मरण गर्दै कनकाई नगर ब्यासनका गतिविधि र सक्रियता प्यासन केन्द्रिय समितिले सिक्नुपर्ने र अनुशरण गर्नुपर्ने बताउँनुभयो । कनकाई नगर क्षेत्रका प्यासनमा आवद्ध विद्यालयहरु शिक्षा क्षेत्रमा मात्रै नभएर अतिरिक्त क्रियाकलाप र खेलकुद विधामा समेत अब्बल रहेको बताउँनुभयो ।
कार्यक्रममा प्यासनका केन्द्रिय सदस्य एलपी उप्रेती, प्यासन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेल, जिल्ला अध्यक्ष गौरीमान फागो, प्रदेश सदस्य भानु राजवंशी, जिल्लाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की, जिल्ला उपाध्यक्ष टिआर गौतम, जिल्ला सचिव एचके पाठक, सहसचिव लक्ष्मी उप्रेती, भवानी पाठक, जिल्ला सदस्य केशव बेडारी, सागर ढुङ्गाना, कनकाई नगर सल्लाहकार अखिल कोइराला, प्यासनका दमक नगर अध्यक्ष जर्नादन मैनाली, झापा गाउँपालिका प्यासन अध्यक्ष नारायण सुवेदी लगायातको आतिथ्यता रहेको थियो ।
प्याब्सनको नयाँ बिधान कार्यान्वयनमा आएसगै क्षेत्रिय समिति खारेजी भई विं. २०७५ सालदेखि निजि विद्यालयहको संस्था कनकाई नगर प्याब्सन स्थापना भई सञ्चालनमा रहेको छ ।