कनकाई अनलाईन
झापाको एकमात्रै उपनिर्वाचन हुन लागेको कनकाई नगरपालिका ६ मा लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेद्धारी दिने भएका छन । उनले स्थानीय गायत्री मन्दिरमा आयोजित कार्यक्रमका विच आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन ।
यस क्षेत्रका कनकाई स्वतन्त्र गणतान्त्रिक समुह र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा ओलीले स्वतन्त्र रुपमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । ओलीको उम्मेद्धारी यस क्षेत्रका जेष्ठ नागरिक ८३ बर्षिय अभिचन्द्र चम्लगाईले उम्मेद्धारी घोषणा गर्नुभएको हो । सयौको उपस्थितिमा चम्लगाईको प्रमुख आतिथ्यतामा घोषणा गर्नुभएको उम्मेद्धार घोषणामा ओलीको उम्मेद्धारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश इन्चार्ज ओम भण्डारी, जिल्ला उपाध्यक्ष प्रकाश पाठक, क्षेत्र नम्बर ४ का संयोजक सम्भु ढकाल (सुस्केरा) स्वतन्त्र गणतान्त्रिक समुह शेरबहादुर थापाको तर्फबाट पुर्व जनप्रतिनिधि भीमप्रसाद अधिकारी, कनकाई नगर संयोजक चन्द्र मैनाली भतिज लगायातले समर्थन मन्तव्य दिनुभएको थियो ।
यता आफुले निर्वाचन जितेमा जनताको घरदैलोमा सेवा सुविधा पुर्याउनेदेखि दिंवगत वडाध्यक्ष दिर्घबहादुर थापाको नामबाट फाउण्डेशन खोल्ने र त्यसमा आफुले पाउने सेवा सुविधा सबै राखेर बिरामीहरुको औषधि उपचार लगायातमा खर्च गर्ने घोषणा समेत गर्नुभयो । गत २०७९ सालको निर्वाचनमा समेत स्वतन्त्र उम्मेद्धारी दिएर आफ्ना समकक्षि एमालेका उम्मेद्धार दिर्घबहादुर थापासग ६८ मतको झिनो अन्तरले पराजित हुनुभएका ओलीलाई झापा कनकाई ६ का उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी उम्मेद्धारका रुपमा हेरिएको छ ।