Kanakai Online

लायन्स क्लव अफ काठमाण्डौले चुहिने स्कुलको छानो फेरिदियो


बिहिवार, कार्तिक २९, २०८१ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका २ मा रहेको पञ्चकन्या प्राविको चुहिने छानो लायन्स क्लबले फेरिदिएको छ ।
जिर्ण अवस्थामा रहेको दुईकोठे भवनको चुहिने छानो लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुह र लायन्स क्लब अफ कनकाई दुर्गापुरले फेरिदिएको हो । उक्त विद्यालयमा अति विपन्न परिवारका सदस्यका छोराछोरीहरु अध्यान गर्दै आइरहेका छन । उक्त विद्यालयलाई सरकारी तथा अन्य संघ संस्थाले समेत उचित हेरचाय नगरिदिदा जीर्ण अवस्थामा रहेको छ ।

लायन्स क्लबले छानो पुर्ण रुपमा फेरेर बुधबार एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरेको छ । उक्त टिनको छानो फेर्न १ लाख ५ हजार रुपैयाँ लागत तथा अन्य स्थानीयको निशुल्क श्रमदानमा सो छानो फेरिएको लायन्स क्लब अफ कनकाई दुर्गापुरका प्रथम उपाध्यक्ष भुवन खतिवडाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पुर्व मन्त्री भक्ती सिटौला , अतिथिहरु कनकाई वडा नं. २ का वडा अध्यक्ष बलराम राई प्रताप , समाजसेवी शेरबहादुर थापा , लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमेश खतिवडा , लायन्स क्लब अफ कनकाई दुर्गापुरका संस्थापक अध्यक्ष दिपक खतिवडा लगायतले दातालाई धन्यवाद सहितको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा बिद्यालय परिवारले दाता लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहका नन्दकिशोर चापागाई साथै सह आयोजक लायन्स क्लब अफ कनकाई दुर्गापुरलाई सम्मानगर्दै धन्यवाद ज्ञापन गरेको थियोे ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहका नन्दकिशोर चापागाईले विद्यलय जस्तो संवेदनशील छेत्रको चुहिने छानो फेर्ने अवसर प्रदान गर्ने बिद्यालय परिवार र सहयोग गर्ने लायन्स क्लब अफ कनकाई दुर्गापुर प्रति आभार व्यक्त गर्नु भयो ।

कनकाई दुई कै जानकी बिद्यालयका स्काउट दलका बिद्यार्थीले कार्यक्रममा भोलेन्टियरको भुमिका निर्वाह गरेका थिए ।

लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष संजय गजुरेल , लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजाल , सामाजिक व्यक्तित्व शिव कुमार गिरी , पुष्प गिरी , लायन्स क्लबका पदाधिकारी दिपक ओली , जनप्रतिनिधि लगायतको आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन परिवार , शिक्षक , अभिभावक , विद्यार्थी साथै स्थानियको उपस्थित रहेको थियोे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा औचित्य माथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत अध्यक्ष भुजेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन लायन्स क्लब अफ कनकाई दुर्गापुरका प्रथम उपाध्यक्ष भुवन खतिवडाले गर्नु भएको थियोे ।

सम्बन्धित खबर