कनकाई अनलाईन
१९ दिनअघि ट्रकको ठक्करबाट गम्भिर घाइते हुनुभएका कनकाई नगरपालिका–४ सुरुङ्गाका ६१ वर्षीय टिकाराम धितालको उपचारका क्रममा सोमवार राती ९ः २० बजे मृत्यु भएको छ ।
गत कात्तिक ८ गते दिउँसो अन्दाजी १२ः४५ बजे कनकाई नगरपालिका वडा नं ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको मधेश प्र०१–००१ख ०३५४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गर्दा बाटो क्रस गर्दै गरेका साइकलयात्रीलाई धिताललाई ठक्कर दिएको थियो ।
टाउको ,दाहिने खुट्टा, नाकमा चोट लागेर गंभीर घाइते भएका धिताललाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।
सोमवार राति ९.२० बजे धितालको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालक धादिङ धुनवेसी नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय यादब सुवाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र साइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।