Kanakai Online

सस्कृतिको जर्गेना गर्न हरिकुल नमुनाले खेलायो प्रतिस्पर्धात्मक देउसी


शनिवार, कार्तिक १७, २०८१ |

कनकाई अनलाईन
लोक सस्कृतिको जर्गेना गर्ने उद्धेश्यका साथ यहाँस्थित हरिकुल नमुना मावि सुरुङ्गाले प्रतिस्पर्धात्मक देउसी भैली प्रतियोगिताको आयोजना गरिएको छ ।
लोकसस्कृतिको जर्गेनामा हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ आयोजित प्रतियोगित्मक देउसी प्रतियोगितामा यस क्षेत्रका १४ देउसी टोलीको सहभागिता रहेकोमा ग्रामिण विकास सेवा समाज प्रथम हुदै नगद २० हजार रुपैँया प्राप्त गरेको छ । यसैगरि हंशवाहीनी समुह दोस्रो हुदै नगद १५ हजार नगद, ग्लोबल अंग्रेजी विद्यालय तेस्रो र मधुवल कला केन्द्र सान्तना हुदै नगद १० हजार र ५ हजार प्राप्त गर्न सफल बनेको विद्यालयका पिन्सिपल रोषन खत्रीले बताउँनुभयो ।
बिजयी तथा सहभागि सबैलाई हरिकुल नमुना माविका संस्थापक चन्द्र मैनाली, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, विद्यालयकी प्रबन्ध निर्देशक डाः गिष्मा रावल लगायातले नगद र पुरस्कार प्रदान गर्नुभयो । लोप हुदै गईरहेको कला सस्कृतिको जर्गेनाका लागि विद्यालयले देउसी भैली कार्यक्रमलाई विद्यालयले प्रतिस्पर्धात्म प्रतियोगिताकै रुपमा राखिएको विद्यालयकी प्रबन्ध निर्देशक डाः गिष्मा रावललले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हरिकुलले आयोजना गरेको देउसी भैली प्रतियोगिताले देशमा कला सस्कृतिको जर्गेनामा महत्वपुर्ण भुमिका खेलेको भन्दै हरिकुलको यस कार्यको खुलेर प्रसंसा गर्नुभयो । हाम्रा कला सस्कृतिहरुलाई बिग्रन भत्किन र लोप हुन दिनु हुदैन यसका लागि यस प्रकारको प्रतियोगिताले मद्धत पुग्छ नगरप्रमुख पोखरेलले भन्नुभयो । सोही अवशरमा विद्यालयका उत्कृष्ट विद्यार्थी तथा विभिन्न दाता परिवारद्धारा स्थापना गरिएको छात्रवृत्तिको रकमबाट छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।