सिएम शर्मा
झापाको कनकाई नगरपालिका स्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहले शनिबार वन कार्यलय परिसरमा २६ औ साधारणसभा सम्पन्न गरेको छ ।
वन समुहका अध्यक्ष ख्याम ओलिको अध्यक्षता तथा झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा
अध्यक्ष ख्याम ओलीले आर्थिक बर्ष २०८०÷२०८१ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यस्तै अध्यक्ष ओलिले आगामी आर्थिक बर्ष २०८१ ÷ २०८२ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै वजेट निर्माण गर्दा वन संरक्षण , संवर्धन , तथा विकासमा कुल बजेटको ५० प्रतिशत छुट्याई बाँकी रहेको बजेटलाई १०० प्रतिशत मानी सोही अनुरुप वजेट निर्माण गरिएको बताउनु भयो ।
त्यसैगरी वन समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले वन समुहमा बार्षिक रुपमा वन पैदावर , गैह्र वन पैदावर तथा आर्थिक बर्ष २०८०÷२०८१ को बैक तथा नगद मौजातबाट समेत आम्दानि हुने २०८१÷२०८२ को अनुमानित ४ करोड १४ लाख ६६ हजार तिन सय दुई रुपैयाँ बराबरको कार्ययोजना समेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस बजेटमा अनुदान अन्तर्गत १ करोड रुपैयाँलाई मुख्य बजेटमा समावेस नगरी पर्यापर्यटनमा खर्च गर्ने गरी विनियोजन गरिएको पनी कोषाध्यक्ष खरेलले प्रतिवेदनमा उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चारको क्षेत्रबाट वन विकासको क्षेत्रमा सहयोग पुर्याउनु हुने उमानारायण मिडियाका संचालक तथा समाचार प्रमुख दिपेश प्रसाईंलाई उहाले वन प्रति गरेको सहयोगको कदर गर्दै नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा समाजलाई साहित्य र शिक्षाकोको माध्यमबाट सचेत बनाउनुहुने साहित्यकार शिक्षासेवी कोमल प्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।
त्यसै गरि कार्यक्रममा समुह क्षेत्र भित्र रहेका ज्येष्ठ नागरिक हरुलाई सम्मान गर्ने कनर्यलाई निरन्तरता दिदै यस बर्ष कनकाई ४ बाट ज्येष्ठ नागरिक राधाकृष्ण ढकाल र मनमाया संग्रौला , वडा नं. ३ साविक वडा नं. ५ बाट दाताराम खरेल र गंगादेवी उप्रेती , वडा नं. ३ साविक वडा नं. ९ बाट ललित बहादुर कार्की र मनमाया संग्रौला , वडा नं. २ साविक वडा नं. ८ बाट धनार्जन तिवारी र कमलादेवी मैनालीलाई दोसल्ला सहित सम्मान गरेको छ ।
समुहले उपभोक्ता परिबारका सदस्य गरिव तथा जेहेन्दार बिद्यार्थीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै कनकाई मावि सुरुङ्गाबाट एसईई २०८० मा उत्कृष्ट नतिजा कुल ३.७८ जिपीए ल्याउने कपिल मैनाली र छात्रा तर्फ ३.७५ जिपिए ल्याउने रमा ओली साथै जेहेन्दार तर्फ सोनीका मर्डीलाई नगद पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियोे ।
कार्यक्रममा वन समुहमा कार्यलय सहायकका रुपमा कार्यरत कर्मचारी गोकर्ण पराजुलीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद सहित सम्मान गरिएको थियोे भने वन संरक्षण समितिका संयोजक देवराज ओझा , फरक क्षमता भएका कृष्णबहादुर राजवंशी , रन्जित बहादुर बुढाथोकी , यसोदा देवी लुईटेल र भक्त विक लाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू , कोशी प्रदेशका पुर्व कृषि मन्त्री हिरा थापा , कनकाई नगरपालिका कार्यपालिका सदस्य तथा कनकाई ३ को कार्यवाहक वडा अध्यक्ष कृष्णमाया भुजेल , सामुदायिक वन कोषी प्रदेश सदस्य ख्यामराज सिटौला , राष्ट्रिय स्वतन्त्र पार्टीबाट सम्भु सुस्केरा , सल्लाहकार भिष्म मैनाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य अम्बिका राजवंशी , डिभिजन वनका प्रतिनिधि खगेन्द्र निरौला ,सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेद प्रसाद भण्डारी , जन प्रतिनिधिहरु , राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , समाज सेवी , शिक्षासेवी , बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , छिमेकि वन समुहका प्रमुख, वन समुहका सल्लाहकार , पुर्व अध्यक्षहरु लगायतको आतिथ्यतामा भएको कार्यक्रमको बन्द सत्रमा व्यापक छलफल गर्दै अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियोे ।
कार्यक्रमको माइन्युट लेखन वन समुहका सल्लाहकार भिष्म मैनाली , समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेल र कार्यलय सचिव नेत्र भट्टराईले गर्नु भएको थियोे भने माइन्युट प्रमाणीकरण अम्बिका राजवंशी , प्रेम दाहाल , ख्यामराज कार्की , नवल किशोर दत्त , कृष्णमाया भुजेल , अनिल गोयल , डिल्ली उप्रेती , डुकनारायण श्रेष्ठ , रामप्रसाद संग्रौला , मनोहरी बिमली र गोपाल गौतमले गर्नु भएको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन समुहकी सचिव मान्ता काफ्ले खरेलले गर्नुभएको थियोे ।