Kanakai Online

प्रथम शिवसताक्षी रन मंसिर १ गते


बुधवार, कार्तिक ७, २०८१ |

कनकाई अनलाईन
वृक्षरोपण गरि प्रकृतिको संरक्षण गर्दै आइरहेको यहाँस्थित फेस नेपाल शिवसताक्षीको आयोजनामा आगामि मंसिर १ गतेका दिन प्रथम शिवसताक्षी रन २०८१ को आयोजना हुने भएको छ ।


प्रतियोगिताको वारेमा जानकारी दिने उद्धेश्यले झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
आयोजक फेस नेपालले प्रथमपटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा २ विधामा हुने रनमा खुल्ला तथा १४ बर्ष मुनिका वालवालिका तथा भेट्रान्स गरि अलग अलग प्रतियोगिता गराइने र दुबै विधामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही नगद १५ हजार, १० हजार र ७ हजार रुपैँया प्राप्त गर्ने आयोजक समिति फेस नेपालका अध्यक्ष कविराज चाम्लिङ राईले बताउँनुभयो । प्रतियोगितामा महिला सहभागिलाई समेत छुट्टै सहभागि गराईने तथा प्रतियोगिताका सान्तना स्थानमा आउने खेलाडीलाई समेत पुरस्कृत गरिने जानकारी गराईएको छ । खुल्ला तर्फ कनकाई माईको पुलदेखि झिलझिलेहुदै सताक्षीधामसम्मको १० किलोमिटरको दुरी तथा भेट्रान्स तथा वालवालिकाहरुका लागि भने झिलझिलेदेखि उत्तरतर्फ सताक्षीधाम सम्मको ५ किलोमिटरसम्मको दुरीलाई राखिएको आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दौडमा इन्ट्री हुने सबैलाई भेष प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा देशभरबाट कम्तीम १००० जना खेलाडीको सहभागिता रहने आयोजकको अप्रेक्षा रहेको छ । यसको मुख्य लक्ष्य भनेको पर्यटन प्रवद्धन र वृक्षारोपणको संरक्षण र वृक्षारोपण गर्नु रहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको आयोजना गर्न जम्म ८ लाख ३२ हजार लागत लाग्ने र यस प्रतियोगिताको मुख्य प्रायोजक शिवसताक्षी नगरपालिका र एनि ब्राण्डलाई अनुरोध गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । २०८० सालमा स्थापना भएको शिवसताक्षी ११ मा मुख्य कार्यालय रहेको यस फेस नेपालले यहाँ १० हजार बिरुवा रोपेर हुर्काउने लक्ष्य राखेको र हालसम्म आधा बिरुवा रोपिसकेको आयोजन समितिका उपाध्यक्ष मोहन तामाङले बताउँनुभयो ।
पत्रकार सम्मेलनमा सामाजिक अगुवा युवा दुर्गा नेम्बाङ्गले फेस नेपालको कार्यालय सञ्चालनका लागि १० थान कुर्सी समेत प्रदान गर्नुभयो । युवाको सत्कर्मबाट आफु प्रभावित भएर कार्यालय सहयोगका लागि कुर्सी प्रदान गर्न पाउँदा खुसी लागेको नेम्बाङ्गले बताउँनुभयो । कार्यक्रममा फेस नेपालका सल्लाहकार संयोजक पत्रकार सेलिङ केसीले सञ्चालन गर्नुभएको थियो ।