कनकाई अनलाईन
झापाको दमकमा घरको छतबाट हामफालेर एक जनाले आज आत्महत्या गरेका छन् ।
दमक नगरपालिका वडा नम्बर १ स्थित रबि स्टेण्ड का २७ वर्षिय अर्बिन लिम्बुले आफ्नै घरको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आईतबार विहान ११ः ५५ बजे घरको छतबाट हाम फालेका लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण चन्दले जानकारी दिनुभयो ।
मृतक लिम्बु मानसिक रोगबाट ग्रसित रहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमको लागि दमकअस्पताल लगिएको छ ।
घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।