Kanakai Online

खोलाले पुल बगाएसगै ५ दिनमा पुल बनाएपछि शेरबहादुर थापालाई गाउँलेद्धारा भव्य सम्मान


शुक्रवार, असोज २५, २०८१ |

कनकाई अनलाईन
केही दिन अघि झापा गाउँपालिका ५ स्थित बिरिङ नदिमा रहेको वाढीले पुलमा क्षति गर्दा आवत–जावत बन्द भएको र बैकल्पिक पुल निर्माणसँगै स्थानीय उत्साहित भएका छन् ।


निर्माण व्यावसायी समेत रहनुभएको समाजसेवी शेरबहादुर थापाको पहल तथा अगुवाईमा झापा गाउँपालिका–५ का स्थानीयको सहयोगमा बैकल्पिक फलामे पुल ५ दिनभित्रैमा निर्माण भएपछि स्थानीयले खुसी ब्यक्त गर्दै उत्साहित बनेका हुन ।

झापाको दक्षिणी क्षेत्रका झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने हुलाकी राजमार्ग अन्तरगतको बिरिङ पुल अविरल बर्षासँगै आएको वाढीले गत असोज ११ गते साँझ अन्दाजी ७ः३० बजे भत्काएको थियो ।

पुलको पश्चिमपट्टीको भागमा बाढीले भत्काएपछि आवत–जावतमा समस्या झेल्दै आएका स्थानीय बैकल्पिक फलामे पुलबाट हालका लागि आउन–जान सक्ने भएका हुन । उक्त पुल भत्किएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनाकवल गाउँपालिकाका आफन्तसँग भेटघाट गर्न सहज भएको स्थानीयहरुको भनाई छ । सो पुलबाट पैदलयात्री, साइकल, मोटरसाइकल र अटोमा सञ्चालन गर्न सक्ने भएपनि दशैंका समयमा ठूलो राहत भएको स्थानीय गजेन्द्र ताम्लीले बताउँनुभयो ।

पुल सुचारु बनेसगै गाउँलेले बैकल्पिक पुल निर्माणका लागि समन्वय र सहयोग गर्ने सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीलाई पुल फुलमाला र अबिर लगाएर सम्मान गरेका छन । शेरबहादुर थापाकै अथक प्रयासमा यस क्षेत्रमा ५ दिनभित्रै पुल बन्न सकेको भन्दै स्थानीयले उनीलाई यो स्तरको सम्मान गरेका हुन ।

निर्माण गरिएको फलामे पुल ६.५ फिटको चौडाई र २४.५ मिटर लम्बाईको रहेको छ । सामाजिक ब्यक्तित्व शेरबहादुर थापाले आफुले अगुवाई गरेर बैकल्पिक फलामे पुल निर्माण भएपनि स्थानीयसहित सवैको ठूलो सहयोग रहेको बताउँनुभयो । आफुले सवै ठाउँमा कुरा गरेपछि केही आश्वासन पाएको र सरकारी काम केही ढिला हुने आफुले पनि बुझेको बताउँनुभयो ।

आश्वासन पाएपछि उनले सामाग्री लिएर काम सुचारु गरेको उक्त पुल निर्माणका लागि हिसाब नभएको भएपनि करिव ३ लाख जती खर्च भएको बताउँनुभएको छ । थापाले आगामी दिनमा पनि उक्त पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाउँनुभएको छ । उक्त बैकल्पिक फलामे पुलको उदघाटन समाजसेवी थापाले नै गर्नुभयो । दशैंको बेला सवै आफ्नै परिवारसँग रमाइरहेका बेला सामाजसेवी थापा र उनकी धर्मपत्नि निला थापा भने जनताको सेवामा ब्यस्त देखिनुभएको थियो । दसैको टिका पुलकै कारण आवतजावत गर्न नपाउँदा खल्लो हुने जस्तो लागेको थियो अब रमाईलो हुने भयो, पुल सञ्चालनमा आएपछि स्थानीय बरतलाल राजवंशीले कनकाई अनलाईनसामु भन्नुभयो ।

झापा–५ का वडाध्यक्ष राजवंशीले शेरबहादुर थापाकै कारण फलामे पुल निर्माण गरेर स्थानीयलाई आवत–जावतमा सहज भएको बताउँनुभयो । उनले वाढीले पुल भत्काएपछि २० किलोमिटर रहेको चन्द्रगढी जान सुरुङ्गा, बिर्तामोड हुँदै चन्द्रगढी जाँदा ६५.७० किलोमिटर भएको साथै झापा, बाह्रदशी, हल्दीबारीमा रहेका आफन्त भेट्न निक्कै मुस्किल हुने गरेको बताउँदै आफुसहित स्थानीयले ५ दिन रात श्रमदान गरेर भएपनि बैकल्पिक फलामे निर्माण गर्न सफल भएको बताउँनुभयो । राजवंशीले स्थानीय १८/२० जनाले रातदिन खटेर र काम गर्ने मजदुरले पनि एकदमै सहयोग गरेको बताउँनुभएको छ ।