
कनकाई अनलाईन
एमआरआर र झापाली युवाहरुद्वारा झापाको दक्षिणी भेग झापा गाउँपालिकामा रहेका यहि मिति २०८१ असोज २१ गते सोमबारका दिन झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा रहेका विद्यालयहरुमा २६ थान पंखा जडान गरिएको छ ।
केहि दिन पहिले यहाँका विद्यालयमा गर्मीका कारण विद्यार्थीहरु अध्यान अध्यापन गर्न गराउँन समस्या भएको भन्दै सामाजिक सञ्जालमा आएसगै ती विद्यालयहरुमा सहयोग जुटन थालेको हो ।
झापा गाउँपालिका ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा विशेष कार्यक्रमका विच विभिन्न विद्यालयहरुलाई २६ थान पंखा वितरण गरिएको हो ।
एमआरआरका प्रतिनिधि अशोक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, लायन्स क्लव झापा गाउँपालिकाका संस्थापक अध्यक्ष तथा समाजसेवी जय नारायण शाह, युवा नेता शिवकुमार कडेल राजनितिकर्मी टंक विश्वकर्मा, सागिरथ प्रसाद गणेश, शिक्षक रोहित पोद्दार, भलिबल खेलाडी रोहित शिवाकोटि, महेन्द्र मा.वि.का प्रअ गोपाल प्रसाद गणेश, त्रिभुवन आधारभुत बिद्यालयका शिक्षक संतोष कुमार गणेश, रामजानकी आधारभुत बिधालयका प्रअ उमाराम रिजाल लगायातका प्रतिनिधिको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन युवा नेता भुवन बुडाथोकीले गर्नुभएको थियो । भने स्वागत मन्तव्य प्रतिनिधि सबिन अधिकारीले राख्नुभएको थियो । पंखा वितरण कार्यक्रमको सहजीकरण राजेश शिवाकोटीले गर्नुभएको हो । कार्यक्रमका विच महेन्द्र माविलाई १० थान, त्रिभुवन आधारभुत बिद्यालयमा ८ थान, राम जानकी आधारभुत बिद्यालयमा ७ थान र स्थानीय अतिविपन्न परिवारको नारायण प्रसाद शिवाकोटीको परिवारलाई १ थान पंखा बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै महेन्द्र माविका प्रअ गोपालप्रसाद गणेशले गर्मीका बेला विद्यार्थीले चर्को गर्मीका बिच शिक्षा लिन र शिक्षकलाई शिक्षा दिन समेत सकस परिरहेको बेला झापाली युवा र एमआरआरले पुण्य प्राप्तिको काम मात्रै नगरेर शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्याएको बताउँनुभयो । युवाको कार्यको शिव कडेँल, झापा गाउँपालिकाकी कार्यवाहक प्रमुख थपलिया लगायातले मुक्त कण्ठले प्रसंसा गर्नुभएको थियो ।


