कनकाई अनलाईन
ब्राण्डेड कपडाहरुको विक्री कक्ष वाउँ कलेक्शन झापाको सुरुङ्गामा खुलेको छ ।
यहाँका युवा व्यावसायी सरोज ठाकुर र सुरेन्द्र थापाले सञ्चालनमा ल्याएको उक्त ब्राण्डेड कपडाहरुको संगालो वाउँ कलेक्शनको लायन्स क्लवका डिस्ट्रिक भ्वाईस गर्भनर तथा युवा व्यावसायी लीला चिमरियाले रिवन काटेर आज उदघाटन गर्नुभयो ।
पसल सञ्चालन गदै चिमरियाले यस क्षेत्रका नागरिकहरुले ब्राण्डेड कपडा खरिदका लागि बिर्तामोड तथा भारतीय बजारमा भरपर्नुपर्ने बाध्यताको अब अन्त्य भएको बताउँनुभयो । युवाले सञ्चालन गरेको पसलबाट स्वदेशमै युवाले केहि गर्न खोजिरहेको भन्दै ब्राण्डेड कपडाहरु पुरुषहरुले एक्कैछानामुनि प्राप्त गर्न सक्ने भन्दै खुसी व्यक्त गर्नुभयो ।
उदघाटन कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमेश खतिवडा, पुर्व अध्यक्ष साजन थापा, सुरेन्द्र प्रधान, पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली लगायातले सुरुङ्गा क्षेत्रमै ब्राण्डेड कपडाहरुको संगालो खुलेकोमा खुसी व्यक्त गर्दै अबका दिनमा सुरुङ्गा व्यावस्थित बन्दै गइरहेको गतिलो उदाहरण यस पसल भएको बताउँनुभयो । वाउँ कलेक्शनका सञ्चालन सरोज ठाकुरले उदघाटनका दिन वडा दसै, तिहार र छठ सम्मका दिनमा सबैखाले ब्राण्डेड कपडाहरुमा १५ देखि २५ प्रतिशतसम्म छुटको अफर रहेको र पसलमा एडिडास, लिभाईस,नाईक, एचएण्ड एम, जारा लगायातका स्वेदशी तथा विदेशी ब्राण्डका पुरुषहरुका लागि लक्षित गरेर तयारी पोसाकहरुको कलेक्शन खोलिएको बताए ।