Kanakai Online

करेन्ट लगाएर माछा मार्दा गिरीको मृत्यु


आइतवार, असोज २०, २०८१ |

कनकाई अनलाईन
खोलामा करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।

आईतवार बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्दा मृत्यु भएको हो ।
गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते गिरीलाई आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराईरहेकोमा उपचारको क्रममा दिउँसो १२ः२३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव विएण्डसी अस्पतालमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।