Kanakai Online

सुरुङ्गामा चाड लक्षित सुरक्षामा नागरिक प्रहरी एकसाथ


शुक्रवार, असोज १८, २०८१ |

कनकाई अनलाईन
नेपालको एकमात्र बन्द निषेधित नगरि सुरुङ्गाको चाड लक्षित सुरक्षा व्यवस्था लागु गर्न नागरिक प्रहरी एकसाथ हुने प्रतिवद्धता जनाइएको छ ।


आज आउन लागेको चाड बिजय दशमी, तिहार, छठ पर्वजस्ता नेपालीहरुका मुख्य चाडपर्वका वेला हुन सक्ने घटना, दुर्घटना रोक्न र सर्जकता अपनाउनका लागि यहाँका नागरिक समाज र प्रहरी एक भएर अगाडि वढने प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर राईले यस क्षेत्रमा बढ्दो जनघनत्वका बिच चाडलक्षित सुरक्षा योजना अनुसार जनप्रतिनिधि, प्रहरी र यहाँका सबै सचेत बर्ग एक भएर अगाडि बढने प्रतिवद्धता जनाउनुभयो ।

यहाँका सामुदायिक वन क्षेत्रमा चाडपर्वका बेला मौका छोपेर चोरी चकारी हुनसक्ने भन्दै सुरुङ्गा बजार र यस क्षेत्रका सबै क्षेत्रको सुरक्षा व्यावस्था मजबुत बनाउन कुनै कसर बाकी नराखिने बताउँनुभयो । प्रहरी र नागरिक समाज मिलेर झैझगडा हुने स्थल र वढी संवेदनशील क्षेत्रको पहिचान गरि आवश्यक तयारी थाल्न समेत सबैसमक्ष अनुरोध गर्नुभयो । प्रहरी जनप्रतिनिधि र नागरिकविच सुचना आदानप्रदान गरिनुपर्नेमा प्रवक्ता राईको जोड थियो ।

पहिलेको तुलनामा अहिले सानाठुला चाृेरी चकारी कम हुदै गइरहेको र यसमा प्रहरी वढी सक्रिय भएको महसुस गरिएको राईले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक किरण मोक्तानले सिमित स्रोत साधनका बाबजुत पनि नागरिकको जीउ धनको रक्षाका लागि २४ सै घण्टा खटिआएको बताउँनुभयो । यस समयमा वित्तीय अपराध र लागु औषधका प्रयोगकर्ता र विक्रीकर्ताहरु समेत बढनसक्ने भन्दै प्रहरीलाई सुचना दिन नागरिकसामुु अनुरोध गर्नुभयो । प्रहरी नागरिकको सुरक्षाका लागि तैनाथ छ तरपनि नागरिकबाट समेत प्रहरीले थप सहयोग र सुचनाको अप्रक्षा राखेको छ मोक्तानले भन्नुभयो । चाडलक्षित सुरक्षाका लागि प्रहरीले गस्तीलाई तीव्र बनाइरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेढाईले चाडपर्वका वेला महिलाहरुले लगाएको सिक्री तान्ने, बैँक वित्तिय संस्थामा लुटपाटका घटना समेत हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गनर््भयो । यसवारेमा प्रहरीले समेत सचेतना अपनाउन आग्रह गर्नुभयो । राप्रपाका नेता श्याम ओलीले कनकाई नगरपालिका र सुरुङ्गा क्षेत्रमा प्रहरीको कुशल कार्यकुशलताका कारण अप्रिय घटना घटन नपाएको भन्दै प्रहरीको प्रसंसा गनर््भयो । रास्वपाका कनकाई नगर अध्यक्ष नन्दकुमार चुडालले यस क्षेत्रमा कम्तीमा पनि जुवा तास र लर्घुबुर्जा निषेधित बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताउँनुभयो । कनकाई सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष ललितबहादुर कार्कीले चाडपर्वका वेला मौका पारेर वनमा चोरी बढनसक्ने हुदा सबैको नजर जान आवश्यक रहेको बताउँनुभयो ।
नेकपा कनकाई नगर इन्चार्ज देविप्रसाद उप्रेतीले लागुऔषधका कारण गरिब परिवारका सदस्यहरु र उच्च बर्गकै पनि छोराछाृेरी विग्रीरहेको बताउँनुभयो । पुर्व प्रहरी ख्याम कार्कीले अघिल्लो समयभन्दा अपराधका घटनामा कमी आएपनि लागुऔषध विक्री र सेवनकर्ताहरुका लागि कनकाई ४ जिल्लाकै राजधानी मानिने भन्दै यसलाई हटाउन अझ प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
कनकाई नगरपालिका ३ का वडासदस्यहरु गोविन्द सुवेदी र अनिल गोयलले प्रहरी नागरिकको सुरक्षा संवेदनशीलतामा जुटिरहेको भन्दै प्रहरीको आवश्यकतालाई पूरा गर्नका लागि नगरपालिका तयार रहेको बताउँनुभयो । सुरक्षा र लागुऔषध प्रयोगकर्ताहरुमा समेत सचेतनाका कार्यक्रम ल्याउन पालिका तयार रहेको उहाँहरुको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लीलाराज झापालीले प्रहरीलाई शान्ति सुरक्षामा सहयोग गर्न नागरिक समाज तयार रहेको र नागरिक समाज र प्रहरी मिलेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहृेको बताउँनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाका इन्चार्ज चन्द्र बस्नेत लगायातले शान्ति सुरक्षामा नागरिक प्रहरीको साझेदारी आवश्यक रहृेको बताउँदै चाड लक्षित सुरक्षा संवेदनशीलतामा जोड दिनुभयो ।