Kanakai Online

झापाका नदिमा भेटिन थाले सडेगलेका शव


सोमवार, असोज १४, २०८१ |

कनकाई अनलाईन
अविरल बर्षासगै आएको भेलबाढीमा झापाका नदिहरुमा सडेगलेका शवहरु फेला पर्न थालेका छन ।
शिवसताक्षी नगरपालिका ५ स्थित पुरानो शिवगञ्ज बजार छेउको कनकाई नदिको ठुलो भङ्गालोमा सोमवार एक पुरुषको शव फेला परेको छ ।
दिउसो करिब २ बजेतिर नदिमा दाउँरा खोज्न जाने स्थानीयले नदिको बिच भागमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिव ४०÷४५ बर्षका झै देखिने गहुगोरो बर्णको उक्त मानिसको पहिचान हुन नसकेको शिवसताक्षी नगरपालिका ५ का वडाध्यक्ष सिकिन पासवानले बताउँनुभयो । उक्त शवलाई पहाडी जिल्लाहरुबाट बगाएर ल्याएको हुनसक्ने र ३÷४ दिन पहिलेको भएकोले पहिचान हुन नसकेको वडाध्यक्ष पासवानले बताउँनुभयो ।
यता सोमवारनै भद्रपुर नगरपालिका ३ स्थित मेची नदिको बिच भागमा कालो पाइन्ट लगाएको शरिरको माथिल्लो भागमा कपडा नभएको एक पुरुषको शव फेला परको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलामा आधा शरिर पुरिएको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्का उठाई दुबै शवलाई पोस्ट म्याटम गरि हाल मेची प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । केहिदिनदेखि अबिरल बर्षासगै नदिमा बाढी बढेपछि उनीहरुलाई नदिले बगाएर ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुको पहिचान र परिवारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
फोटो ः कनकाई नदिबाट बेबारिसे शव निकाल्दै शिवसताक्षी नगरपालिका ५ का वडाध्यक्ष पासवान लगायात