Kanakai Online

मोटरसाइकल दुर्घटनामा बिर्तामोड १० का न्यौपानेको मृत्यु


सोमवार, असोज १४, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० बस्ने २७ वर्षीय अनिस न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका गंभीर अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका बर्ष अन्दाजी ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित खबर