Kanakai Online

शरणामतीका शेखको हापेन्टको गोजीमा २८ ग्राम ब्राउन सुगर


बुधवार, असोज ९, २०८१ |

कनकाई अनलाईन

झापा गाउँपालिकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–५ पन्थापाडा निवासी ४२ वर्षीय तेहेरुदिन शेख रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

मंगलबार साँझ साढे पाँच बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शेखलाई झापा गाउँपालिका वडा नम्बर ६ शरणामतीमा शङ्का लागि चेकजाँच गर्दा हाफ पाइन्टको दाहिने साइडको गोजीमा लुकाइछिपाई राखिएको ब्राउन सुगर २८ ग्राम ३५० मिलिग्राम फेला पारेको थियो । पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।