Kanakai Online

एसईई पुरक परिक्षामा सिंहदेविका सतप्रतिशत विद्यार्थी उर्तिण


मङ्गलवार, असोज ८, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ टेक्रास्थित सिंहदेवि माविका विद्यार्थीहरु २०८० सालको एसईईको पुरक परिक्षामा सतप्रतिशत उर्तिण भएका छन ।
यस अघि यसैबर्षदेखि मात्रै एसईई परिक्षामा सामेल उक्त विद्यालयका सबै विद्यार्थी अनुतिर्ण भएको भनेर सर्वत्र आलोचना भएको थियो । तर हालै सार्वजनिक पुरक परिक्षामा सामेल सबै विद्यार्थीले सत प्रतिशत नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक भोलानाथ ढुङ्गेलले कनकाई अनलाईनलाई जानकारी दिनुभयो । विद्यालयबाट परिक्षामा सहभागि सबै २९ जना विद्यार्थीले उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दधिराम न्यौपानेले बताउँनुभयो । पहिले त कतै हाम्रा शिक्षकहरुले पो राम्रो अध्यापन गराउँनु भएन कि ? हाम्रा विद्यार्थीले पो राम्रो अध्यान गरेनन कि भनेर हामी चिन्तित थियौ तर सबै विद्यार्थीहरु राम्रो नतिजा ल्याएर सत प्रतिशत उत्तीर्ण भएसगै हाम्रा सबै जिज्ञासाको अन्त्य भएको छ, स्कुलले लय समातेको छ हामी अभिभावकमा खुसी ल्याइदिएको छ शिक्षक अभिभावक संघका अध्यक्ष दधिराम न्यौपाने कुमारलले कनकाई अनलाईनसग बताउँनुभयो ।
यता विद्यालयले सत प्रतिशत नतिजा ल्याएसगै विद्यालयमा देखिएको सबै भ्रमको पर्दा हटेको विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष बालकृष्ण ढकालले बताउँनुभयो ।
देशकै नमुना विद्यालयको रुपमा देशभरबाट अध्यान अनुगमनका लागि आउँने यस विद्यालयको यस बर्षको एसईईको परिक्षाको नतिजालाई लिएर सर्वत्र चिन्ता थपिएको थियो । तर एसईईको हालै प्राप्त नतिजाबाट अभिभावक र कनकाई नगरपालिकालाई समेत खुसी तुल्याएको छ ।

,