Kanakai Online

सुरुङ्गा प्रहरीद्धारा नियन्त्रणमा लिएको ४ ट्रक्टरलाई २५ हजार जरिवाना


मङ्गलवार, असोज ८, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरको बिरिङ नदिमा प्रहरीले बालुवा गिटी चोरी गर्दै गर्दा नियन्त्रणमा लिएका ४ ट्रक्टरलाई २५ हजार रुपैँया जरिवाना गराएर आइन्दा चोरी नगर्ने सर्तनामा गराएर छाडिएको छ । प्रहरीले विरिङ नदिमा अबैध रुपमा ढुंगा बालुवा चोरी गर्दै गरेको अवस्थामा नगर प्रहरी र इलाका प्रहरी कार्यालय सुरुङ्गाले हिजार चार ओटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका सबै ट्रक्टरको सबै गिटी बालुवालाई नगर परिसरमा खन्याउन लगाई खाली ट्रक्टरलाई २५ हजार जरिवाना गराएर पहिलोपटकलाई गल्ती स्वीकार्न लगाएर कागज गराएर छाडिदिएको कनकाई नगरपालिकाका सुचना अधिकारी खगेन्द्र मिश्रले बताउँनुभयो । हामीले ड्राईभर र ट्रयाक्टरको नम्बर टिपेका छौ फेरी चोरी गरेको पाइएमा पटकै पछि दोब्बर सजाया हुने छ , मिश्रले कनकाई अनलाईनलाई भन्नुभयो ।

खोलामा २ वटा ट्याक्टर लोड तथा अरु २ वटा ट्याक्टर लोड गर्ने अवस्थामा फेला परेका थिए ।