कनकाई अनलाईन
आइतवार विहान झापाको दमक नगरपालिका ६ स्थित बजारमा बिद्युत सर्ट भई आगलागि हुदा ११ वटा सटर जलेर नष्ट्र भएको छ ।
आगालागिबाट लाखौको क्षति भएको र यसको विवरण संकलन गरिदै आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिनुभयो । विहान साढे ३ बजे विद्युत सर्ट भइ आगलागी हुँदा ५ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् भने वाकी ६ पसल समेत क्षतिपुगेको छ । दमकको मुख्य बीच बजारस्थित नमुना मार्गको राजु श्रेष्ठको जुत्ता चप्पल पसलबाट विहान साढे ३ बजे तिर आगलागी भएको हो । ३ घण्टाको प्रयासमा ५ वटा दमकलको सहयोगमा प्रहरी, स्थानीय समेत जुटेर आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीमा परेर संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् । आगो नियन्त्रण गर्नेक्रममा अन्य ६ पसल पसल भत्काइएका छन् । आगलागि नियन्त्रणका लागि दमक, कमल, गौरादह, उर्लाबारी, पथरी शनिश्चरे पालिकाबाट दमकल आएका थिए । आगलागिमा परेर १ करोड भन्दा धेरैको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण भने आँउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।