Kanakai Online

आहाराको खोजीमा बस्तीमा छिर्न थाले अजिंगर


शनिवार, असोज ५, २०८१ |

कनकाई अनलाईन
पुरानो उखान छ, जंजिगरको आहारा दैवले जुराउँछ ! तर जंगलमा पर्याप्त पानी र आहारा फेला पर्न छाडेपछि अंजिगर आहाराको खोजीमा झापा तथा इलामका गाउँ पस्न थालेको छ ।
शुक्रवार आहाराको खोजीमा झापा र इलामको सिमाना पर्ने शिवसताक्षीको उत्तर बन क्षेत्रमा बन क्षेत्रमा अजिंगर फेला परेको छ ।

शुक्रवार झापा शिवसताक्षीको उत्तर सतासीधाम खाने पानी ट्यांकी नजिक झरना खोलामा अन्दाजी १२ फुट लामो अजिङ्गर फेला परेको हो ।

अजिंगर स्थानीय दाउरा घाँस लिन जाँदा फेला पारेका थिए । अजिङ्गरको पेट फुलेको हुनाले बाख्रा खाए जस्तो देखिएको स्थानीयको भनाई रहेको छ ।
डिभिजन बन कार्यालय इलामका कर्मचारीहरुले उक्त अजिंगरलाई उद्धार गरेका छन । अजिंगरलाई चारआली बनमा छोडिएको छ ।
यता केहिदिन पहिले समेत झापा र इलामको सिमास्थित चुलाचुली गाउँपालिका इलाममा समेत जंगलमा ठुलो आकारको अजिंगर फेला पारिएको थियो ।
इलाम चुलाचुली गाउँपालिका १ मा स्थानीय गाउँलेले बगाह लगाएको २ जटा बाख्रा खाएको अवस्थामा ४० केजीको अजिंगर फेला पारिएको थियो । उक्त अजिंगरलाई जिल्ला वन कार्यालय इलाम र स्थानीय वन सहुकका पदाधिकारीले अजिंगरको उद्धार गरी वनमा लगेर छाडिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ ।
कोशी प्रदेश सरकारले जंगली जनावारका लागि उद्धारका लागि भनि झापाको कनकाई नगरपालिका २ स्थित जामुनवारी सामुदायिक वन समुहलाई जंगली जनावारको उद्धार केन्द्रका रुपमा विकासित गरेको छ । जहाँ अजिंगर सहितका जंगली जनावारहरु राखिएको छ । जंगलमा पानी र पर्याप्त आहाराको कमिका कारण जंगली जनावर र अंजिगरहरु गाउँ बस्तीमा प्रवेश गर्न थालेको स्थानीयको भनाई रहेको छ ।