Kanakai Online

सुरुङ्गाका देविप्रसाद तिम्सिनाले आफ्ना माता पिताको स्मृतिमा निकाले स्मृतिग्रन्थ


शनिवार, भदौ २९, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ नयाँबस्ती निवासी साहित्यकार देविप्रसाद तिम्सिनाले आफ्ना दिवंगत मातापिताको स्मृतिमा भानुभक्ति स्मृतिग्रन्थ प्रकाशनमा ल्याउनु भएको छ ।


पिता भानु र माता भक्तिका नाउँमा भानुभक्ति स्मृतिग्रन्थ प्रकाशनमा ल्याउनुभएको हो । भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठानको प्रकाशनमा रहेको उक्त स्मृतिग्रन्थको आजै चर्चित व्यासाचार्य आचार्य दुर्गाप्रसाद खतिवडा, वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल, डाक्टर पुण्यप्रसाद पौड्याल, प्राध्यापक बासुदेव खनाल लगायातले बिर्तामोडमा विशेष कार्यक्रमका विच विमोचन गर्नुभयो ।


विमोचन स्मृति ग्रन्थको समिक्षा गर्दै झापाका वरिष्ठ कृति समिक्षक भीम दाहालले कृतिले आफ्ना माता पिताका लागि मात्रै नभएर देशकै लागि एक असल छोराको कतव्र्य तिम्सिना बन्नुभएको भन्दै कृतिले इतिहासको दस्तावेजीकरण गरेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै साहित्यकार कोललप्रसाद पोखरेल, डाः पुण्यप्रसाद पौडेल लगायातले कृतिकारले आफ्ना वितिसकेका मातापिताका लागि सुन्दर उपहार दिएको भन्दै लेखकले आफ्ना मातालाई मात्रै नभएर त्यसवेलाको समाजलाई समेत जिवित राखेको बताउँनुभयो ।

पशुपक्षिले पनि आफ्ना सन्तानलाई माया गरेका हुन्छन भन्दै त्यसवेला समेत आफ्ना मातापिताले आफ्ना सन्तानलाई अटुट माया गर्ने गरेका स्मृतिग्रन्थ पढ्दा प्रतिक हुने उहाँहरुको भनाई थियो । विंस १९८१ सालदेखि हालसम्मको एक सय बर्षसम्मको इतिहासलाई कम्तीमा आफ्ना दिवंगत भएका मातापिताको सम्झनामा संरक्षण गर्न लेखक सफ लबनेको आजको पुस्तक विमोचन कार्यक्रममा सहभागिहरुको भनाई रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्य दुर्गाप्रसाद खतिवडाले लेखकले आफ्ना मातापिताको कृति निकालेले ऋण तिरेको र समाजलाई असल कृति दिएको बताउँनुभयो । स्मृतिग्रन्थका माध्यमबाट कृति, माता पिता र त्यसवेलाको समाज सदैव अमर रहेको खतिवडाको भनाई थियो ।


कृतिका वारेमा प्राध्यापक बासुदेव खनाल लगायातले चर्चा गर्नुभएको थियो । तिम्सिना बन्धु समाजका झापाका अध्यक्ष दाताराम तिम्सिनाको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गर्नुभएको थियो । यसैविच कृतिका लेखक देविप्रसाद तिम्सिनाले बन्धुको इतिहासको संरक्षणका लागि आफुले लामो खोज अन्वेशण गरेर उक्त कृति तयार पारेको बताउँनुभयो । सो अवशरमा कृतिका अन्य लेखकहरुलाई समेत सम्मान गरिएको थियो ।