Kanakai Online

कुटी काट्ने मेसिनबाट करेन्ट लाग्दा एक जनाको मृत्यु


शनिवार, भदौ २९, २०८१ |

कनकाई अनलाईन
झापाको मेचीनगरमा कुटी काट्ने मेशिनबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।